Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सडकको दुरावस्थाका कारण यात्रुले सहजरूपमा सेवा प्राप्त गर्न नपाएको यातायात ब्यवसायीको गुनासो
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सडकको दुरावस्थाका कारण यात्रुले सहजरूपमा सेवा प्राप्त गर्न नपाएको यातायात ब्यवसायीको गुनासो

संसारपोस्ट संवाददाता · २० आश्विन २०८१ · 0
सडकको दुरावस्थाका कारण यात्रुले सहजरूपमा सेवा प्राप्त गर्न नपाएको यातायात ब्यवसायीको गुनासो
120
SHARES
ShareTweet

बुटवल । महंगा र सुविधा सम्पन्न गाडीहरू भए पनि सडकको दुरावस्थाका कारण यात्रुले सहजरूपमा सेवा प्राप्त गर्न नपाएको यातायात ब्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले सडकको दुरावस्थाकै कारण यात्रुहरुलाई सहज र सुरक्षित यात्राको ब्यवस्थापन थप चुनौतीपुर्ण बन्दै गएको बताए ।
बुटवलस्थित पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि.ले विजयादशमी, शुभ दिपावली, छठ लगायतका पर्वको अवसरमा आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा बोल्ने यातायात ब्यवसायीहरुले आफुहरूसँग नेपालमै महंगा र सुविधा सम्पन्न गाडीहरू भए पनि सडकको दुरावस्थाका कारण यात्रुले सहजरूपमा सेवा प्राप्त गर्न नपाएको गुनासो गरेका हुन् ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले स्थानीय सरकार नगरबासीहरुको सुविधा र सेवालाई प्राथमिकतामा राखेर काम गर्दै आएको दाबी गर्नुभयो । उहांले चाडपर्वमा हुने गरेका आपराधिक घटना र ठगी रोक्ने गरी विभिन्न सरोकारवाला निकायहरुसंग समन्वय गरेर काम गरिरहेको बताउनुभयो । धेरै यात्रुहरुको चाप हुने बसपार्कको सुरक्षा गतिविधिलाई सिसिटिभि क्यामराबाट निरिक्षण, सरसफाई, शौचालय ब्यवस्थापन लगायतको काम भएको भन्दै यसका लागि सबै नगरबासीको साथ र सहयोग जरुरी रहेको बताउनुभयो ।
पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेलले आम ब्यवसायीहरुको हकहितसंगै उपभोक्ताहरुको अधिकार र सुविधाको विषयमा संस्था सधै गम्भिर रहेको बताउनुभयो । उहांले आफुहरूसँग सुविधासम्पन्न र नेपालमै महंगा सवारी साधनहरू रहेको बताउंदै सडकको दुरावस्थाको कारण यात्रुले सहजरूपमा यात्रा गर्न नपाएको गुनासो गर्नुभयो । उपभोक्तालाई सेवा दिने भनेर ल्याइएको ईभिको नाममा देखिएको दलाली रोक्न समेत उहांले आग्रह गर्नुभयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले शान्तिसुरक्षाको विषयलाई गलत भाष्य बनाउन नहुने बताउनुभयो । चाडपर्व नजिकिएसंगै आम जनसमुदायको सुरक्षा सहजताको विषयमा प्रहरीले विशेष योजनाका साथ काम गरिरहेको भन्दै सवारी साधनमा यात्रुसंग बढि भाडा लिने, क्षमताभन्दा बढि सवारी चढाउने जस्ता गुनासोप्रति विशेष चासो दिएर यस्ता गतिविधिलाई रोक्नेतर्फ प्रहरी लागेको उहांले बताउनुभयो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले सबै ब्यवसायलाई मर्यादित र ब्यवस्थित रुपमा सञ्चालन गर्ने तर्फ सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले यात्रुलाई सुरक्षित रुपमा गन्तब्यमा पुराउने प्रमुख जिम्मेवारी यातायात ब्यवसायीको भएको बताउनुभयो ।
कार्यक्रममा प्रा.लि.का वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले यात्रुहरुलाई सुरक्षित यात्रा गराउने अभियानमा आफुहरू लागेको भन्दै सरोकारवाला निकायहरुसंग समन्वय गरेर सहज र सुरक्षित यात्राको ब्यवस्था मिलाइएको दाबी गर्नुभयो ।
कार्यक्रमकै अवसरमा प्रा.लि.ले बुटवल अटो ईन्जिनियरिङ एशोसियसनका नव निर्वाचित अध्यक्ष प्रेम गौचनसहित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । यस्तै विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडमा निर्वाचित पदाधिकारीहरुलाई समेत सोही कार्यक्रममा सम्मान गरिएको प्रा.लि.का कोषाध्यक्ष मोहन पिएसले जानकारी दिनुभयो ।
सोहीे अवसरमा दुर्घटनामा ज्यान गुमाएका प्रा.लि.का सहचालक एवं पश्चिम नेपाल बहुउदेश्यीय सहकारी संस्थाका शेयर सदस्य सन्तोष बिकको परिवारलाई बिमा वापतको रकम हस्तान्तरण गरिएको थियो । स्वर्गीय विकका परिवारका सदस्य श्रीमती बिबिता श्रीष र छोरा कुशल सुनार (नाबालक) लाई १५ लाख रुपैयाँ रकम हस्तान्तरण गरिएको हो ।

≪ Previous Post

भन्सार छलीको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

Next Post ≫

चाडपर्व नजिकिएसंगै बुटवलमा बजारमा अनुगमन तिब्र

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क