Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुटवल उपमहानगरद्वारा मासुजन्य पसलको अनुगमन : ३ मासु पसललाई २५ हजार जरिवाना
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उपमहानगरद्वारा मासुजन्य पसलको अनुगमन : ३ मासु पसललाई २५ हजार जरिवाना

संसारपोस्ट संवाददाता · १५ आश्विन २०८१ · 0
बुटवल उपमहानगरद्वारा मासुजन्य पसलको अनुगमन : ३ मासु पसललाई २५ हजार जरिवाना
120
SHARES
ShareTweet

बुटवल । चार्डपर्व नजिकिएसँगै बुटवल उपमहानरपालिकाले मासुजन्य पसलको अनुगमनलाई तीब्र बनाएको छ । उपमहानगरपालिकाले वधशालाको स्वच्छकर मात्रै मासु विक्रीको लागि पटक पटक आग्रह गर्दा समेत अटेरी गर्ने ३ वटा मासु पसललाई दोस्रो पटक थप २५ हजार जरिवाना गरेको हो ।
बुटवल उपमहानगरपालिकाका नायव सुब्बा अनिल कुमार माण्डव्यका अनुसार आज (मंगलबार) न्यू अर्घाखाँची भुसाल मिट सप बुटवल ७, बुटवल मिट सप्लायर्स बुटवल ९ र ज्योति माइला मासु पसल बुटवल ९ लाई थप २५ हजार जरिवाना गरिएको हो । बुटवल उमपहानगरपालिकाले ती मासु पसलहरुलाई यस अघि १० हजार जरिवाना गरेको थियो ।
पहिलो पटक जरिवाना गरिए पनि उनीहरुले बधशालाको मासु विक्री नगरी बाहिर नै बध गरेको खसी बोकाको मासु विक्री गरेको पाइएकाले ती पसलहरुलाई पुन थप २५ हजार जरिवाना गरिएको उपमहानगरका नायव सुब्बा माण्डबयले बताउनुभयो ।
उपमहानगरले अको पटक अनुगमन गर्दा पनि बाहिर बध गरेको मासु बिक्री गरेको पाइए उनीहरुलाई तेस्रो पटक ५० हजार जरिवाना हुने र त्यसपछि पनि बधशालाको मासु विक्री नगरी बाहिरको मासु विक्री गरिएको पाइए चौथो पटकमा पसल नै बन्द गरिने नायव सुब्बा माण्डव्यले बताउनुभयो । बुटवलवासीको स्वास्थ्यप्रति बुटवल उपमहानगरपालिका विशेष संवेदनशील रहेको भन्दै सुब्बा माण्डब्यले अनिवार्य रुपमा वधशालामा बध गरिएको स्वच्छ खसी बोकाको मासु मात्र विक्री वितरण गर्न र बधशालामा वध गरिएको मासु मात्रै उपभोग गर्न आग्रह गर्नुभयो ।
नगरपालिकाले लामो समय देखि मासुजन्य बस्तु (खसीबोका) बधशालामा मात्रै बध गरेको विक्रि वितरण गर्नुपर्ने निमय लागू समेत गरिसकेको छ । तर, मासु व्यवसायीहरुले विभिन्न बाहाना देखाएर बधशालामा बध गरिएको मासु विक्री गर्न आलटाल गरिरहेका छन् । दशै नजिकएकाले दशैको अघिल्लो दिनसम्म नै बजारको अनुगमन गर्ने उपमहानगरपालिकाको तयारी रहेको छ ।

≪ Previous Post

सरकारले गर्यो तीन दिन राष्ट्रिय शोकको घोषणा, झण्डा आधा झुकाइने

Next Post ≫

  बडा दसैँको पहिलो दिन : आज घटस्थापना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क