Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बौद्ध विश्वविद्यालय अध्ययनमा संसदीय शिक्षा समिति
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बौद्ध विश्वविद्यालय अध्ययनमा संसदीय शिक्षा समिति

संसारपोस्ट संवाददाता · १ आश्विन २०८१ · 0
बौद्ध विश्वविद्यालय अध्ययनमा संसदीय शिक्षा समिति
60
SHARES
ShareTweet

देवदह शिक्षा विकास परियोजना कार्यान्वयनमा सघाउने प्रतिवद्धता

बुटवल । संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति लुम्बिनी बौद्ध विश्वविद्यालयको अध्ययनमा आएको छ । संसदीय समितिका १० जनाको टोलीले विश्वविद्यालयको विभिन्न निकायहरुको अध्ययन गरेको छ ।
टोलीले २०८१ असोज १ गते देवदहस्थित डिन कार्यालय तथा देवदह शिक्षा विकास परियोजना र बुटवल नयाँगाउँस्थित सिटी क्याम्पसको स्थलगत अध्ययन गरेको छ ।
सो अवसरमा देवदहमा आयोजना गरिएको परियोजना परिचयात्मक कार्यक्रममा बोल्दै संसदीय समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा विकास परियोजना निकै महत्वपूर्ण रहेकाले यसको कार्यान्वयनमा सघाउने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले लुम्बिनी बौद्ध विश्वविद्यालय स्थानीयस्तरदेखि अन्तर्राष्ट्रिय पहिचान बनाउन सक्ने क्षमताको रहेको भन्दै प्रवद्र्धनमा सरकारले नै काम गर्नुपर्ने उहाँले बताउनुभयो । देशमा रहेका विश्वविद्यालयमध्ये अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिने क्षमता लुम्बिनी बौद्ध विश्वविद्यालयसंग रहेको भन्दै उहाँले आफूहरुले समितिमा छलफल गरेर यसको विकासमा ठोस निर्देशन सरकारलाई गर्ने बताउनुभयो ।
विश्वविद्यालयहरु पठनपाठनमा केन्द्रीत नभएर अनुसन्धानमा केन्द्रि हुनुपर्ने सुझाव उहाँको थियो । विश्वविद्यालयले अनुसन्धान गरेर सो अनुसन्धान कार्यान्वयनका लागि सरकारलाई प्रतिवेदन दिनुपर्ने उहाँले बताउनुभयो ।


समितिका सदस्य छविलाल विश्वकर्माले देवदहमा विश्वविद्यालयका लागि निकै प्रयासका बाबजुद जग्गा प्राप्ती भएको भन्दै त्यसको बहुउपयोग गर्नुपर्ने बताउनुभयो । स्थानीय उपभोक्ताका आवश्यकता जोड्दै विश्वविद्यालय अगाडि बढिरहेको भन्दै उहाँले देवदहको परियोजनालाई सफल बनाउने जिम्मेवारी सबैले लिनुपर्ने बताउनुभयो ।
त्यस्तै अर्का सदस्य देवेन्द्र पौडेलले विश्वविद्यालय अन्तर्राष्ट्रिय पहिचान बनाउन सक्ने भन्दै त्यसका लागि सरकारले विशेष जोड दिनुपर्ने बताउनुभयो । देशका प्रधानमन्त्रीहरु अन्तर्राष्ट्रिय फोरमहरुमा जादा लुम्बिनी बौद्ध विश्वविद्यालयको नाम र काम उच्चारण गरेर प्रवद्र्धन गर्नुपर्ने उहाँले बताउनुभयो ।
बौद्ध दर्शन र शिक्षा अध्ययन गर्न बौद्ध राष्ट्रमात्रै नभई विश्वसमुदाय नै लुम्बिनी आउन लालाहित भएको भन्दै त्यसलाई उपयोग गर्ने दायित्व सरकार र विश्वविद्यालयको रहेको उहाँले बताउनुभयो ।
त्यस्तै अर्का सदस्य डिगबहादुर लिम्बुले बौद्ध विश्वविद्यालयले अगाडी बढाएको परियोजना कार्यान्वयनमा समितिले सघाउने बताउँदै समुदायलाई जोडेर जान सुझाव दिनुभयो ।
कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुबर्णलाल बज्राचार्यले विश्वविद्यालयले देवदहमा शिक्षा विकास परियोजना सुरुआत गरेको जानकारी गराउनुभयो । प्राज्ञिक विकासका लागि अनुमानित ८ सय करोडको गुरुयोजना तयार भएको भन्दै उहाँले परियोजना अन्तर्गतका पूर्वाधार निर्माणका लागि दातृ निकायको खोजि भइरहेको बताउनुभयो ।
चीन, थाइल्याण्ड, कोरिया, जापान, श्रीलंका, म्यानमारसहितका राष्ट्रहरुबाट सहयोगको प्रतिवद्धता प्राप्त भएको भन्दै उपकुलपति बज्राचार्यले बोर्ड ट्रष्टमार्फत दान संकलन गरिने बताउनुभयो ।
विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले विश्वविद्यालयले तीन स्थानमा केन्द्रीत रहेर शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । ६ वर्षको प्रयासपछि देवदहमा विश्वविद्यालयले जग्गा प्राप्ती गरेको भन्दै त्यही जग्गामा शिक्षा विकास परियोजनाको काम शुरुआत भएको बताउनुभयो ।
देवदहको विकास हुँदा स्थानीयलाई मात्रै नभई सिंगो राष्ट्रलाई नै प्रत्यक्ष लाभ प्राप्त हुने उहाँले बताउनुभयो । उहाँले विश्वविद्यालयका समस्या समाधानमा संसदीय समितिले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
संसदीय समितिले बुटवलको सिटी क्याम्पसको स्थलगत अध्ययन गरेको थियो । समितिसंग शिक्षा दिवसका अवसरमा असोज २ गते केन्द्रीय कार्यालयमा अन्र्तक्रिया कार्यक्रम रहेको छ ।

≪ Previous Post

२९ किलोग्राम गाँजा सहित सहित ३ जना महिला पक्राउ

Next Post ≫

आजदेखि सोह्र श्राद्ध सुरु : पितृकुलका तीन र मातृकुलका तीन पुस्तालाई तर्पण र पिण्ड दान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क