बुटवल । रुपन्देही प्रहरीले २९ किलो ग्राम गाँजा सहित ३ जना महिलालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुटवल उप–महानगरपालिका वडा नं.२ भिमसेन पथ बस्ने बर्ष ५७ की बुद्ध लक्ष्मि खड्कीको घरकोठा खानतलासी गर्दा उक्र परिमाणको गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका वडा नं.२ भिमसेन पथ बस्ने बर्ष ५७ की बुद्ध लक्ष्मी खड्, सोही ठाउं बस्ने बर्ष ३४ की हिना शाही खड्की र जिल्ला दैलेख महाबु गाउापालिका वडा नं.४ बस्ने बर्ष २३ कि रिहा शाही ठकुरी रहेका छन् ।
पक्राउ परेका उनीहरुलाई रुपन्देही जिल्ला अदालतबाट ६ दिन म्याद थप गराई आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।