Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ वर्तमान सरकार बनेसंगै नागरिकमा आशाको सञ्चार भएको छ : अर्थमन्त्री पौडेल
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

वर्तमान सरकार बनेसंगै नागरिकमा आशाको सञ्चार भएको छ : अर्थमन्त्री पौडेल

संसारपोस्ट संवाददाता · ३१ भाद्र २०८१ · 0
वर्तमान सरकार बनेसंगै नागरिकमा आशाको सञ्चार भएको छ : अर्थमन्त्री पौडेल
100
SHARES
ShareTweet
बुटवल । सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको दावी गर्नुभएको छ । उहाँले वर्तमान सरकार बनेसंगै नागरिकमा आशाको सञ्चार भएको पनि बताउनुभयो ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७१ औं वार्षिक साधारण सभालाई सोमबार बुटवलमा सम्बोधन गर्दै मन्त्री पौडेलले राजश्व परिचालन, पुँजीगत खर्च लगायतका आर्थिक ईण्डिकेटरहरु सकारात्मक देखिएको बताउनु भएको हो । मुलुकमा स्थिर सरकार नहुँदा विकास र समृद्धिमा चुनौती देखिएको बताउँदै स्थिरता, विकास र समृद्धिको लागि संसदका दुई ठूला दलहरु काँग्रेस र एमाले एक ठाउँमा आएको बताउनु भयो ।
उहाँले दुई दल बिचको सत्ता सहकार्यले आम नागरिकमा आशाको सञ्चार गरेको पनि भनाई राख्नुभयो । स्थिरता, विकास, सुशासन, समृद्धिको अभिभारा सहित बनेको यो सरकार संसदको बाँकी अवधिको पुरा कार्यकाल जाने पनि दावी गर्नुभयो । उहाँले बुटवल पूर्वपश्चिम र उत्तर दक्षिणको समेत ट्रान्जिट भएकाले राम्रो सम्भावना रहेको दावी गर्नुभयो । उहाँले यहाँका उद्योगी व्यवसायीलाई तत्कालै केही भएन भनेर मन साँघुरो नबनाउन समेत आग्रह गर्नुभयो ।
मन्त्री पौडेलले राष्ट्रिय अभिभार पुरा गर्न र आफू निर्वाचित भएको क्षेत्रको विकास र समृद्धिका लागि समेत आफू प्रतिवद्ध रहेको बताउँदै निर्माणाधिन बुटवल–नारायणगढ सडक चाडो पुरा हुने विश्वास व्यक्त गर्नुभयो । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडकको सिद्धबाबामा निर्माण हुँदै गरेको सुरुङमार्ग छिटै ब्रेक थ्रु हुने बताउँदै पूर्वपश्चिम राजमार्गको तिनाउमा सिग्नेचर ब्रिज, बुटवल–दाङ सडकको स्तरोन्नती, बुटवलको चौराहा गोलपार्क सडकको निर्माण पुरा हुँदा बुटवलको रौनक अर्कै हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले शिलान्यास भएर रोकिएको मोतिपुर औद्योगिक क्षेत्रको निर्माण कार्यलाई अगाडी बढाउन, खुला सिमाका कारण नेपाली उद्योगी व्यवसायीलाई मार पर्नुको साथै राजश्वमा समेत प्रत्यक्ष प्रभाव गरेको बताउँदै सिमा नाकालाई व्यवस्थित र कडाई गराउन माग गर्नुभयो । त्यसैगरी विमाको दावी भुक्तानीमा समस्या रहेको बताउँदै सहज भुक्तानीको वातावरण बनाईदिन समेत उहाँले मन्त्री पौडेललाई आग्रह गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका हिसावले सात प्रदेश मध्ये लुम्बिनी प्रदेशमा सबैभन्दा बढी सम्भावना रहेको बताउनु भयो । उहाँले मुलुकमा नीतिगत स्थायित्व नभएका कारण लगानीकर्तामा कन्फिडेन्स विल्डप नभएको पनि बताउनु भयो । ‘नीतिगत स्थायित्व भएन भने कन्फिडेन्स विल्डप गर्न सकिँदैन ।’ उहाँले भन्नुभयो–‘अहिले नीतिगत अस्थिरता छ, म अर्थमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, अर्थमन्त्रीका रुपमा तपाईलाई पाएपछि केही भएपनि आशा जाग्रित भएको छ, लगानीकर्तालाई कन्फिडेन्स विल्डप गराउनु होला ।’
सरकार र नीजि क्षेत्रको सहकार्यमा भएका लगानी सम्मेलनपछि लगानी डिस्करेज गरेका आठवटा कानुन सुधार भएको बताउँदै उहाँले लगानी निरुत्साहित गरेका अझै धेरै कानुन सुधार गर्न आवश्यक रहेकाले त्यसमा ध्यान दिन पनि मन्त्री पौडेललाई आग्रह गर्नुभयो । पछिल्लो वर्ष नेपालमा लगानीको सम्भावना छ भनेर सन्देश दिनुपर्नेमा त्यसको उल्टो भाष्य बनेको बताउनुभयो । नेपालमा लगानीको सम्भावना छ भनेर सन्देश दिनको लागि नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा ‘नेपाल पब्लिक एण्ड डेभलपमेन्ट आयोजना सञ्चालन गरिएको जानकारी गराउनु भयो ।
त्यसैगरी बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाले यो वर्ष विशेष गरेर बुटवलमा रात्रीकालिन बजार सञ्चालन, मोतिपुर औद्योगिक क्षेत्र निर्माण र सेमलारमा यस क्षेत्रकै ठूलो कृषि उपज केन्द्र स्थापनालाई विशेष प्राथमिकता दिईएको जानकारी गराउनु भयो । उहाँले बुटवललाई पर्यटकीय विश्रामस्थलको रुपमा विकास गर्ने र भारतीय पर्यटकलाई बुटवल हुँदै मुक्तिनाथ पु¥याउनको लागि बुटवल–मुक्तिनाथ, बुटवल–गोरखपुर रुटको विकास गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले आगलागिको घटनाहरुबाट धेरै पाठ सिकाएको बताउँदै सुविधा सम्पन्न दमकलको आवश्यकता महसुस गरिएको बताउँदै त्यसको व्यवस्थापनको लागि अर्थमन्त्री पौडेललाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका पूर्वअध्यक्ष ज्ञानेन्द्र कसजू, वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, संघका महासचिव मुक्तिप्रसाद अधिकारी लगायतले यस क्षेत्रका आर्थिक तथा व्यवसायिक समस्या औल्याउँदै समाधानका लागि पहल गरिदिन अर्थमन्त्री पौडेललाई आग्रह गर्नुभएको थियो । साधारण सभाको अवसरमा सहयोगी संघसंस्था तथा उद्योगी व्यवसायीलाई सम्मान गरिएको थियो ।
≪ Previous Post

एशोसिएसनको स्थापना दिवसमा गौशालालाई गौ आहार प्रदान

Next Post ≫

आज विश्वकर्मा पूजा, वास्तु दिवस एवं विश्वकर्मा पूजा एकैसाथ मनाइदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क