Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एशोसिएसनको स्थापना दिवसमा गौशालालाई गौ आहार प्रदान
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एशोसिएसनको स्थापना दिवसमा गौशालालाई गौ आहार प्रदान

संसारपोस्ट संवाददाता · ३१ भाद्र २०८१ · 0
एशोसिएसनको स्थापना दिवसमा गौशालालाई गौ आहार प्रदान
70
SHARES
ShareTweet

बुटवल । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन रुपन्देहीले संस्थाको २८ औं स्थापना दिवसको अवसरमा बुटवल ७ स्थित नन्दीनी गौशालालाई गौ आहार प्रदान गरेको छ ।
लुम्बिनी अञ्चलका ६ र गण्डकी प्रदेशका दुई गरी ८ जिल्लामा पेट्रोलियम पदार्थको विक्री बितरण र आपुर्तीको ब्यवस्थापन गर्दै आईरहेको एशोसिएसनले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना दिवसको अवसरमा गौशालामा रहेका गाई गोरुका लागि आहार प्रदान गरेको हो ।
गौशालामा आज (सोमबार) बिहान आयोजित गौ आहार प्रदान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले पशु चौपायका कारण बढिरहेको सवारी दुर्घटना र किसानका वाली नालीमा पशु चौपायाले पुर्याएको क्षतीलाई मध्येनजर गरी गौशालाको परिकल्पना गरेर सडकका छाडा चौपायाको ब्यवस्थापन गरिएको बताउनु भयो ।
संघीय सरकारले ध्यान नदिएको र विद्यमान ऐन कानून र नीतिमा परिमार्जज नभएका कारण स्थानीय सरकारले अगाडी सारेका कतिपय योजना कार्यान्वयनमा समस्या परेको भन्दै उहांले भन्नुभयो–“गौशाला भएको क्षेत्रलाई धार्मिक वनको रुपमा विकास गर्न सकिए गौशालामा राखिएका गाई गोरुको ब्यवस्थापनमा कुनै समस्या हुने थिएन ।”
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष हिमाल गैरेले एशोसिएसनले ब्यवसायीको हकहित र ब्यवसायको प्रवद्र्धन संगै सामाजिक क्षेत्रमा पनि उल्लेखनिय योगदान गरेको बताउनुभयो । उहांले एशोसिएसनले रु. १० लाखको अक्षयकोष स्थापना गरी यसबाट प्राप्त हुने ब्याजबाट यस क्षेत्रमा रहेका अपाङ्ग आश्रम, दिवा सेवा आश्रमलगायतका संस्थाहरुलाई सहयोग गर्दै आईरहेको र स्थापना दिवसको अवसरमा गौशालामा रहेका गाई वस्तुका लागि गौ आहार प्रदान गरिएको बताउनु भयो ।
सो अवसरमा गौ आहारका लागि एशोसिएसनका तर्फबाट रु. २५ हजार बराबरको १५ बोरा (६ सयकिलो) तोरीको पिना नगरप्रमुख पाण्डे मार्फत गौशालालाई प्रदान गरिएको कार्यक्रम संयोजक भरत जङ्ग कुंवरले जानकारी गराउनु भयो ।
कार्यक्रममा एशोसिएसनका केन्द्रीय सदस्य राजु न्यौपाने, दिपक भट्टराई, महासचिव हरिराम कसौधन, सचिव डांसिराम अधिकारी, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले यस्ता कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाउनु भयो ।

≪ Previous Post

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो

Next Post ≫

वर्तमान सरकार बनेसंगै नागरिकमा आशाको सञ्चार भएको छ : अर्थमन्त्री पौडेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क