Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग वाणिजय संघको साधारण सभा आज : अर्थमन्त्री पौडेलले उद्घाटन गर्ने
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग वाणिजय संघको साधारण सभा आज : अर्थमन्त्री पौडेलले उद्घाटन गर्ने

संसारपोस्ट संवाददाता · ३१ भाद्र २०८१ · 0
बुटवल उद्योग वाणिजय संघको साधारण सभा आज : अर्थमन्त्री पौडेलले उद्घाटन गर्ने
120
SHARES
ShareTweet

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा आज (सोमबार) हुँदैछ । संघको ७१ औं वार्षिक साधारण सभाको नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुहुने संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।
संघको सभाहलमा हुने साधारण सभाको उद्घाटनमा उपप्रधान तथा अर्थमन्त्री पौडेल सहित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा पदाधिकारी, स्थानीय जनप्रतिनीधिहरु, छिमेकी उद्योग वाणिज्य संघका प्रतिनीधिहरुको सहभागिता रहने छ ।
साधारण सभामा प्रस्तुत हुने अध्यक्षको प्रतिवेदन, महासचिवले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षले प्रस्तुत गर्ने चालु आर्थिक वर्षको प्रस्तावित वजेट सहित आर्थिक प्रतिवेदन संघको कार्यसमिति बैठकले पारित गरिसकेको छ । कार्यसमितिबाट पारित भएको उक्त बजेट सहितका प्रतिवेदनहरु साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।
यस अंगाडि संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले साधारण सभा सम्पन्न गर्नको लागि विभिन्न सात वटा विषयगत समिति समेत गठन गरेको थियो । ती समितिहरुले पनि आफ्नो जिम्मेवारी अनुसारको काम पुरा भएको जानकारी गराएका छन् ।
जसमा किटव्याग व्यवस्थापनको लागि कार्यसमिति सदस्य रामबहादुर भण्डारी, खाना तथा खाजा व्यवस्थापनको लागि कार्यसमिति सदस्य दिपकप्रसाद चापागाई, स्वागत–सत्कार व्यवस्थापनका लागि कार्यसमिति सदस्य कमला पन्त, मत सर्वेक्षण व्यवस्थापनको लागि कार्यसमिति सदस्य रेनु श्रेष्ठ, प्रस्ताव लेखनमा कार्यसमिति सदस्य कृष्णप्रसाद पाण्डे, मञ्च तथा हल व्यवस्थापनको लागि कार्यसमिति सदस्य उमेश अमात्य र निमन्त्रणा कार्ड व्यवस्थापनको लागि कार्यसमिति सदस्य काशीराम शर्मा पौडेललाई जिम्मेवारी प्रदान गरिएको थियो ।

≪ Previous Post

कृषि सरह ब्याजदरमा कर्जा दिन पेट्रोलियम व्यवसायीको सरकारसंग माग

Next Post ≫

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क