Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कृषि सरह ब्याजदरमा कर्जा दिन पेट्रोलियम व्यवसायीको सरकारसंग माग
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कृषि सरह ब्याजदरमा कर्जा दिन पेट्रोलियम व्यवसायीको सरकारसंग माग

संसारपोस्ट संवाददाता · ३१ भाद्र २०८१ · 0
कृषि सरह ब्याजदरमा कर्जा दिन पेट्रोलियम व्यवसायीको सरकारसंग माग
90
SHARES
ShareTweet

बुटवल । कृषि सरह ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउन रुपन्देहीका पेट्रोलियम व्यवसायीले सरकारसंग माग गरेका छन् । पेट्रोलियम व्यवसाय अत्यावश्यक र सेवामुखी भएको र सरकारले तोकेको मूल्यमा विक्री वितरण गर्नुपर्ने भएकाले पेट्रोलियम व्यवसायलाई कृषि सरह व्याजदरमा कर्जा दिनुपर्ने पेट्रोलियम व्यवसायीको माग छ ।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन रुपन्देहीको १९ औं वार्षिक साधारण सभामा बोल्ने पेट्रोलियम व्यवसायीले सेवामुखी व्यवसायप्रति तिनै तहका सरकारहरु गम्भीर नभएको बताए ।
पम्प भएका ठाउंमा प्रवेश र निकासको व्यवस्था मिलाउन पेट्रोलियम व्यवसायीले सडक विभागसंग माग गरेका छन् ।
उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जेष्ठ व्यवसायी पृथ्वीराज भुसालले सम्पत्ति कमाउने नाममा सेवामुखी व्यवसायलाई बदनाम गराउन नहुने बताउनुभयो । उहांले व्यवसायीका समस्याप्रति पेट्रोलियम डिलर्स एशोसिएशन जबाफदेही र जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन लुम्बिनी प्रदेश संयोजक पे्रम न्यौपानेले व्यवसायीको संरक्षण, सम्बद्र्वन र हकहितका लागि संस्थागत रुपमा प्रयास भैरहेको भन्दै आफै बदनाम हुनेगरी ब्यवसाय नगर्न आग्रह गर्नुभयो ।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन रुपन्देहीका अध्यक्ष हिमाल गैरेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै व्यवसायीका समस्या समाधानका लागि राज्य पक्षसंग पहल गरिरहेको बताउनुभयो । व्यवसायिक मर्यादालाई कायम राख्न सबै व्यवसायी जिम्मेवार बन्न आग्रह गर्दै उहांले भन्नुभयो–“सहज आपूर्ति तथा वितरणका लागि नेपाल आयल निमगसंग समन्वय र सहकार्य र्भैरहेको छ । म व्यवसायी को हितको पक्षमा छु । तपाइहरुका सुझाव सल्लाह दिनुस म त्यही अनुसार काम गर्छु ।”
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शंकर श्रेष्ठ, तिलोत्तमा उद्योग वाणिज्य संघका निःवर्तमान अध्यक्ष गुणनिधी भण्डारी, ट्याङकर व्यवसायी संघ रुपन्देही अध्यक्ष राकेशकुमार कसौधन, पे्रस सल्लाहकार खिमानन्द भट्टराई लगायतले बोल्दै गुणस्तरीय पेट्रोलियम पदार्थ उपलब्ध गराउन सुझाव दिनुभयो ।
अध्यक्ष हिमाल गैरेको अध्यक्षता, महासचिव हरिराम कसौधनको सञ्चालनमा सम्पन्न कार्यक्रममा अध्यक्ष, महासचिव र कोषाध्यक्ष बिशाल गैरेले प्रस्तुत गरेको प्रतिवेदन पास गरिएको थियो ।
वार्षिक साधारण सभाको अवसरमा एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने व्यवसायीका छोराछोरी र एमविविएस उत्तिर्ण गरेका दुई जनालाई सम्मान गरिएको थियो । साथै असल तथा इमान्दार व्यवासायीलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।

≪ Previous Post

भन्सार छलीका अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

Next Post ≫

बुटवल उद्योग वाणिजय संघको साधारण सभा आज : अर्थमन्त्री पौडेलले उद्घाटन गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क