Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उद्योगी ब्यवसायीलाई अनावश्यक दुःखदिने र धरपकड गर्ने कार्य हुंदैन : प्रमुख कर अधिकृत पोख्रेल
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उद्योगी ब्यवसायीलाई अनावश्यक दुःखदिने र धरपकड गर्ने कार्य हुंदैन : प्रमुख कर अधिकृत पोख्रेल

संसारपोस्ट संवाददाता · २६ भाद्र २०८१ · 0
उद्योगी ब्यवसायीलाई अनावश्यक दुःखदिने र धरपकड गर्ने कार्य हुंदैन : प्रमुख कर अधिकृत पोख्रेल
140
SHARES
ShareTweet

तिलोत्तमा । आन्तरिक राजश्व कार्यालय भैरहवाका पं्रमुख कर अधिकृत पे्रमराज पोखरेलले आफ्नो कार्यकालमा कुनै पनि उद्योगी ब्यवसायीलाई अनावश्यक दुःखदिने र धरपकड गर्ने कार्य नहुने बताउनु भएकोछ ।
तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख कर अधिकृत पोखरेलले उद्योगी ब्यवसायीलाई निर्धक्क भएर आफ्ना उद्योग व्यवसाय चलाउन आग्रह गर्दै कर कार्यालय ब्यवसायीहरु संग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । उहांले उद्योगी ब्यवसायीले अहिले भोगिरहेको आर्थिक समस्या शंकट नभएर समस्या भएकाले यसको छिटै समाधान हुने बताउनुभयो ।
कर्मचारीहरु ब्यवसायीको सेवागर्न सरकारले पठाएका प्रतिनिधि भएकाले आफुहरु ब्यवसायीहरुलाई कानुनी परामर्श दिदै सहयोग र सहकार्य गरेर अगाडी बढ्ने वताउनुभयो ।
आन्तरिक राजश्व कार्यालय बुटवलका पं्रमुख कर अधिकृत टिकाराम गैरेले कर्मचारी र ब्यवसायीहरु विच नङ्ग र मासुको सम्बन्ध रहेको भन्दै कानुनको परिधिभित्र रहेर उद्योगी ब्यवसायीका समस्या समाधान गर्न आफुहरु तयार रहेको बताउनुभयो ।
कर अधिकृतहरुलाई संघको कार्यालय मंगलापुरमा स्वागत गर्दै तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले बर्तमान अवस्थामा निजी क्षेत्रको अवस्था नाजुक रहेको भन्दै आन्तरिक राजश्व कार्यालयलाई उद्योगी ब्यवसायी मैत्री भएर सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । निजी क्षेत्र ब्यवसायबाटै पलायन हुनुपर्ने अवस्था सिर्जना भएपनि राज्यका सबै निकायसंग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको उहांले बताउनुभयो ।
संघका निवर्तमान अध्यक्ष गुणनिधी भण्डारी (माधवं) ले बैंकको चर्को ब्याज र राज्यका झण्झटिला नीतिका कारण ब्यवसायीहरु मारमा परेपनि ब्यवसायीका समस्या समाधान प्रति राज्यका सबै निकाय उदासिन रहेको गुनासो गर्नुभयो । निजी क्षेत्रबाट राज्यलाई ठूलो आर्थिक सहयोग भएपनि ब्यवसायीहरुले अहिले सम्म राज्य बाट कुनै राहतको अनुभूति गर्न नपाएको उहांले बताउनुभयो ।
संघका सल्लाहकार नवराज श्रेष्ठले सबै सामानमा अन्तशुल्क लगाउने अव्यवहारिक नीतिका कारण ब्यवसायीहरुले समस्या भोग्नु परेको भन्दै यसमा पुनर्विचार गनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा संघका मानार्थ सदस्य हरिलाल पाण्डे, वाणिज्य उपाध्यक्ष विष्णु भण्डारी, महासचिव राजकुमार पाण्डे लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।

≪ Previous Post

लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री कुर्मीले दिए राजीनामा

Next Post ≫

इन्जिनियर्स एशोसिएसनको नेतृत्व चयनका लागि मतदान जारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क