Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री कुर्मीले दिए राजीनामा
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री कुर्मीले दिए राजीनामा

संसारपोस्ट संवाददाता · २६ भाद्र २०८१ · 0
लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री कुर्मीले दिए राजीनामा
90
SHARES
ShareTweet

बुटवल । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले मन्त्री पदबाट राजीनामा दिनुभएको छ ।

बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न भएको आरोप लागेका मन्त्री कुर्मीलाई बर्खास्त गर्न माग गर्दै महिला अधिकार मञ्च बाँके सहित विभिन्न संघ–संस्थाले एक महिनादेखि काठमाडौंमा आन्दोलन गर्दै आएका थिए ।

कुर्मी गएको साउन ९ गते लुमिबनी प्रदेश सरकारको मन्त्री नियुक्त हुनुभएको थियो । कर्मीको नियुक्तिले कांग्रेसभित्रको संस्थापन इतर पक्ष समेत असन्तुष्ट थियो । कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर निकट मानिने कुर्मीलाई कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मन्त्रीका लागि सिफारिस गर्नुभएको थियो ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले समेत सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र दिएर विबादित छवी भएका कुर्मीलाई मन्त्री बनाउने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको थियो ।

चौतफीृ दवाव र आलोचना बढेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले मन्त्री कुर्मीलाई राजीनामा दिन उपयुक्त हुने सन्देश दिएको बताइएको छ । स्रोतका अनुसार मंगलबार मुख्यमन्त्री आचार्य र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीबीच कुर्मीको राजीनामाबारे छलफल भएपछि चौधरीले पनि राजीनामा दिन उपयुक्त हुने सुझाव दिनुभएको थियो ।

मुख्यमन्त्रीका प्रेस संयोजक दशरथ घिमिरेले मन्त्री कुर्मीले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएको पुष्टि गर्नुभयो । कुर्मीलाई मन्त्रिपरिषदमा राखेपछि मुख्यमन्त्री आचार्य र सरकारको समेत आलोचना भइरहेको थियो ।

≪ Previous Post

आज ऋषिपञ्चमी : अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाइदै

Next Post ≫

उद्योगी ब्यवसायीलाई अनावश्यक दुःखदिने र धरपकड गर्ने कार्य हुंदैन : प्रमुख कर अधिकृत पोख्रेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क