Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पाल्पाको ऐतिहाँसिक रथ जात्रा आज : पर्यटन सर्किट बनाउने मुख्यमन्त्रीको संकल्प
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाल्पाको ऐतिहाँसिक रथ जात्रा आज : पर्यटन सर्किट बनाउने मुख्यमन्त्रीको संकल्प

संसारपोस्ट संवाददाता · ११ भाद्र २०८१ · 0
पाल्पाको ऐतिहाँसिक रथ जात्रा आज : पर्यटन सर्किट बनाउने मुख्यमन्त्रीको संकल्प
110
SHARES
ShareTweet

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासका लागि ऐतिहाँसिक धरोहर तथा परम्परालाई सन्तुलित र समुचित विकासको लागि जोड्दै पर्यटन सर्किट बनाउन योजना बनाएको बताउनुभएको छ ।

प्रदेशभित्रका १२ जिल्ला हिमाल, पहाड र तराइ जोड्नेगरी पर्यटन सर्किटको विकास गर्ने सरकारले तयारी गरेकाे उहाले बताउनु भएको छ ।

पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्राको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले सबै समुदाय बिशेषले मनाउने चाड, पर्व, रीतिरिवाज, परम्परा, धार्मिक मान्यताहरुलाई बराबर सम्मान गर्ने बताउनु भएको छ ।

‘सामाजिक रुपान्तरणका साथै जागरण र चेतना बृद्धिमा मौलिक परम्पराहरुको आ–आफ्नै भूमिका छन् । समाज विकास संग यी परम्परा जोडिएका छन्’उहाले भन्नुभएको छ- ‘प्रदेश सरकारले धार्मिक, सांस्कृतिक तथा ऐतिहाँसिक स्थल तथा परम्परालाई समृद्धि संग जोड्न चाहन्छ ।’

आज मंगलबार पाल्पामा भगवती रथ जात्राको निकालिदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको बिशेष उपस्थितिमा जात्रा निकाल्न थालिएको हो । २०५ औं विजयोत्सव एवं भगवती रथजात्रा राष्ट्रपति पौडेलले अवलोकन गर्ने कार्यक्रम छ ।

तानसेन स्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्राहुने गरेको छ । लुम्बिनी प्रदेश सरकारले भगवती जात्राको दिन पाल्पा जिल्लामा सार्वजनिक विदा समेत दिएको छ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी बिजय हासिल गरेको खुसीयालीमा हरेक बर्ष कृष्ण जन्माष्टमीको अर्काे दिन धुमधामका साथ बिजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन रहदै आएको छ ।
विश्वको भु–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिश सम्राज्यवाद लाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा बिजय उत्सव स्वरुप सो जात्रा निकालिदै आएको छ । तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठुलो पर्व र जात्राको रुपमा परिचित छ ।

कर्णेल उजीर सिंह थापाले वि.सं. १८७७ मा निर्माण गरेको रथ लाई नै हाल सम्म विजय जात्राको रुपमा संचालन गरिदै आइएको छ ।‘धार्मिक तथा सांस्कृतिक परम्पराहरुले समुदायमा एकताको भावनाको विकास गराउँछन । विभिन्न जात, धर्म र समुदायका मानिसहरु एउटै परम्परामा सहभागी हुन्छन्, उनीहरु बीचको सहकार्य र भाइचाराको सम्बन्ध अझ प्रगाढ हुन्छ’ मुख्यमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ,‘धार्मिक र सांस्कृतिक परम्पराहरुले हाम्रा पुराना रीतिरिवाज, परम्परा, धार्मिक मान्यताहरुलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न मद्धत गर्दै आएका छन् ।’

≪ Previous Post

बुटवलको डेल्टा मार्टमा जुत्ता घर पुनः सञ्चालन : जुत्ताका ४० स्टल, १५ देखि ५० प्रतिशतसम्म छुट

Next Post ≫

लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले सुविधा सम्पन्न भवनको शिलान्यास : छ अर्ब १८ करोड बढिको लागतमा निर्माण हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क