Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ दोस्रो बुटवल जुत्ता मेला : उद्घाटनको तयारी भैरहंदा मेला स्थलमा तोडफोड र हातपात
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दोस्रो बुटवल जुत्ता मेला : उद्घाटनको तयारी भैरहंदा मेला स्थलमा तोडफोड र हातपात

संसारपोस्ट संवाददाता · ९ भाद्र २०८१ · 0
दोस्रो बुटवल जुत्ता मेला : उद्घाटनको तयारी भैरहंदा मेला स्थलमा तोडफोड र हातपात
130
SHARES
ShareTweet

बुटवल । बुटवलको डेल्टा मार्ट परिसरमा (आज)आइतबारदेखि सुरु गर्न लागिएको जुत्ता चप्पल मेला स्थलमा तोडफोड तथा हातपात भएको छ ।

जुत्ता÷चप्पल व्यापार मेला २०८१ को उद्घाटनको तयारीमा आइतबार बिहानै देखि डेलटा परिसरमा बयवसायी र कर्मचारीहरु खटिएका थिए । उनीहरुले डेल्टा परिसरमा लगाइएको टेन्ट (स्टल)मा विभिन्न आठ कम्पनीका जुत्ता सजाउँदै थिए । बिहान ९ बजेको समयमा करिव २५÷३० जना स्थानीय ब्यापारीहरुको हुल एकाएक मेला स्थल डेलटा परिसरमा आएर त्यहां सजाइएका ब्यानर र गेट तोडफोड गरे । उनीहरुले त्यहां कार्यरत कर्मचारीहरुलाई हातपात समेत गरेका भिडियोहरु विभिन्न सञ्चार माध्यम र सामाजिक संजालमा आएका छन् ।

आगलागीबाट ठुलो क्षति ब्यहोरेको डेल्टाले दुई महिनापछि फेरि उठ्ने प्रयास स्वरुप डेल्टा परिसरमा टेन्ट लगाएर जुत्ता मेलामार्फत आफ्ना उपभोक्तालाई सेवा दिने तयारी गरिरहेका वेला स्थानीय केही ब्यापारीहरुबाट नै यसको बिरोध भएको आयोजकको भनाई छ । आयोजकका अनुसार मेलास्थलमा पुगेको सो समूहले मेला बन्द गर्नुपर्ने भन्दै तोडफोड गरेको हो ।

बुटवलमा दोस्रो पटक हुन लागेको उक्त जुत्ता मेला रोक्न रुपन्देही व्यापार संघले दबाब दिँदै आएका बेला मेलास्थल भित्र तोडफोड तथा हातपात हुनुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

जुता मेलाका संयोजक प्रकाश भुसालका अनुसार स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाली लुगा घरले डेल्टा कम्प्लेक्स परिसरमा जुत्ता मेला गर्न लागेको हो । उहांले भन्नुभयो–‘हामीले बिदेशी सामान बेच्ने होईन । स्वदेशी उद्योगका जुत्ताहरु बुटवलका उपभोक्तालाई छुटमा दिने गरी वडा कार्यालयबाट स्वीकृति लिएर मेला आयोजना गरिएको हो ।’

यता, रुपन्देही ब्यापार संघले उक्त मेला रोक्नका लागि बुटवल उपमहानगरपालिका वडा नम्बर ८ लाई ध्यानाकर्षण पत्र पठाएको थियो । पत्रमा बुटवल बाहिरका समूहले जुत्ता तथा फेन्सी मेला लगाउन वडाबाट स्वीकृति प्रदान गरिदा यसले बुटवलका ब्यापारीलाई प्रत्यक्ष रुपमा असर पर्ने हँुदा बन्द गर्नुपर्ने भनिएको छ ।

मेला स्थलमा तोडफोडको विषयमा आफुलाई कुनै जानकारी नभएको रुपन्देही ब्यापार संघका अध्यक्ष दिपक अधिकारीले दावी गर्नुभयो । यद्यपि उक्त मेलाबाट स्थानीय व्यवसायी मर्कामा पर्ने भएकाले संघले मेला रोक्न बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को वडा कार्यालयमा ध्यानाकर्षण गराएको अध्यक्ष अधिकारीले बताउनु भयो ।

रुपन्देही व्यापार संघले यसअघि उक्त मेला रोक्न बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को कार्यालयलाई ध्यानाकर्षण पत्र पठाएको थियो ।

आजदेखि दशैसम्म संचालन हुने मेलामा ३५ हजार जोर जुत्ता चप्पल विक्री वितरण हुने र करिव पाँच करोड बरावरको कारोबार गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको थियो ।

≪ Previous Post

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध

Next Post ≫

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क