Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा संविधान संशोधन विषयक विचार गोष्ठी : आवश्यकता अनुसार संविधान संशोधन अपरिहार्य
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा संविधान संशोधन विषयक विचार गोष्ठी : आवश्यकता अनुसार संविधान संशोधन अपरिहार्य

संसारपोस्ट संवाददाता · १२ श्रावण २०८१ · 0
बुटवलमा संविधान संशोधन विषयक विचार गोष्ठी : आवश्यकता अनुसार संविधान संशोधन अपरिहार्य
120
SHARES
ShareTweet

बुटवल । उच्च अदालत बार एशोसियसन बुटवल, समृद्धि सरोकार केन्द्र र बुटवल मिडिया प्रकाशन प्रा.लि. बुटवलको संयुक्त आयोजनामा ‘राजनीतिक स्थिरता र समृद्धिका लागि संविधान संशोधन’ विषयक विचार गोष्ठी शनिबार बुटवलमा सम्पन्न भएको छ ।
उच्च अदालत बुटवल बारका बुटवलका अध्यक्ष अधिवक्ता गोविन्द प्रसाद मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै वरिष्ठ अधिवक्ता तेज प्रसाद कंडेलले राजनीतिक स्थिरता र समृद्धिका लागि संविधान, ऐन कानूनका साथै असल नियतको आवश्यकता पर्ने बताउनुभयो ।
संविधानविद् एवं राजनीतिज्ञ कंडेलले संविधानमा उल्लेख भएका कुराहरुको सही कार्यान्वयन हुन नसक्दा एकपछि अर्को गरी मुलुकमा संकटको स्थिति उत्पन्न भएको चर्चा गर्दै समयको माग र आवश्यकता अनुसार संविधान संशोधन अपरिहार्य हुने बताउनुभयो । अधिवक्ता महेन्द्र पाण्डेले संविधान जतिसुकै राम्रो भएपनि शासकहरुको नियत सफा नहुँदा सम्म सुशासन र समृद्धि जहिले पनि संकटमा पर्ने बताउनुभयो ।
कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता पदम कार्कीले सैद्धान्तिक, मूल्य, मान्यता तथा जनताको माग अनुसार समयसमयमा संविधान बन्ने र संशोधन हुने विश्वव्यापी प्रचलन रही आएको बताउँदै नेपालको संविधान संशोधन आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै आयोजक संस्था बुटवल मिडिया प्रकाशन प्रा.लि.का कार्यकारी प्रमुख तथा प्रधान सम्पादक अधिवक्ता डा. बालकृष्ण चापागाईंले संविधान संशोधनको बहस प्रारम्भ भएको सन्दर्भमा किन र कसरी संशोधन ? भन्ने विषयमा गम्भीर बहसको खाँचो भएको बताउनुभयो ।
समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरेले राष्ट्रको आवश्यकता, जनअपेक्षा र संविधान कार्यान्वयनको दश वर्षे अभ्यासले संविधान संशोधन अपरिहार्य भएको बताउनुभयो ।
राजनीतिककर्मी बल बहादुर आचार्यले संविधान भनेको समाजलाई व्यवस्थित रुपमा सुसञ्चालन गर्ने दस्तावेज भएको बताउँदै जनअधिकार र भावनाको सही प्रतिनिधित्व गर्न नसके संविधानप्रति जनताको अपनत्व नरहने बताउनुभयो । राजनीतिककर्मी पुरुषोत्तम घिमिरेले सुशासनका लागि संविधानमा कठोर व्यवस्था आवश्यक भएको उल्लेख गर्नुभयो ।
नेपाल उद्यान (पार्क) महासंघका अध्यक्ष खेमप्रसाद लुइटेलले राजनीतिक नेतृत्वको अदुरदर्शी र अकर्मण्यताले गर्दा जनतामा निराशा छाएको हुँदा संविधान संशोधनका साथै नेतृत्व पनि सच्चिनुपर्नेमा जोड दिनुभयो । अधिवक्ता यमलाल खनालले सुशासन र पारदर्शीताको अभावले मुलुक जर्जर बनिरहेको परिस्थितिमा संविधान संशोधनले सत्कर्ममा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा लेखक तथा बुद्धिजीवी ऋषि आजाद र लिलाबल्लभ ढकालले जनअपेक्षा अनुसार संविधान संशोधन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सामाजिक, राजनीतिककर्मी तथा विभिन्न कलेजका कानून संकायका विद्यार्थीहरु गिरीराज शर्मा, माधव कुमार पौडेल, मुकुन्दराज पोखरेल, कृष्ण भुसाल ‘दीप’, मेघराज भट्टराई, अधिवक्ता यमुना गुरुङ्ग, अधिवक्ता बाबुराम न्यौपाने, राजेन्द्र यादव, हिरा पौडेल, रिता घिमिरे, पुजन सुवेदी, मनिष योगी, सुशील भट्टराई, कृष्ण गाउँले, संगिता बस्नेत, अमर पाण्डे, नवीन खनाल, अनिसा क्षेत्री, सुशिला भण्डारी, ईसराफिल गदी, टोपजंग बुढाथोकी, असमी खड्का, गिरीराज रेग्मी, प्रईशा घिमिरे, क्षितिज पौडेल, लक्की शर्मा, दिवस पाण्डे, विशाल पाण्डे, निर्मल लालफुरिया, मनिषा जायसवाल, तारा पुन, आविस पौडेल, विक्रम ज्ञवाली, जायज रहमान, विकास मिश्रा, उमेश शाह, जितेन्द्र गुप्ता, श्यामु यादव, यमुना आचार्य, कोमल यादव, सोनु विश्वकर्मा, बोम बहादुर विक, मिना बुढा मगर, सन्दिप परियारलगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन समृद्धि सरोकार केन्द्रका सचिव अधिवक्ता दामोदर घिमिरेले गर्नुभएको थियो ।

≪ Previous Post

मानव कल्याण मित्र मञ्च नेपालको छैठौं वार्षिक साधारण सभा सम्पन्न

Next Post ≫

आज साउन १५, खीर खाने दिन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क