बुटवल । देश विदेशमा एक आपसमा आईपर्ने बिछोड, अलपत्र, अहसाय, बेखर्ची र विपन्नताका कारण औषधी उपचारबाट बन्चित तथा दैवि प्रकोप बाढी पीडित र विपन्नताका कारण शिक्षावाट बञ्चित रहेका र बेरोजगारहरुलाई मानवताको हिसावले सहयोग गर्ने उद्देश्यले स्थापना भएको मानव कल्याण मित्र मञ्च नेपालले शनिवार छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साधारणसभामा बेल्नेहरुले मानव कल्याण मित्र मञ्चले गरेका कामले मानवजीवनमा यस्ता कार्य नै मानव कल्याणका लागि निकै मर्मस्पर्शी रहेका बताए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका २ का अध्यक्ष डिल बहादुर भट्टराई, ३ का अध्यक्ष कल्याण पौडेल, संस्थाका सल्लाहकार टेकबहादुर थापा, पार्वती केसी, अविनास आश्रमका अधयक्ष कृष्णप्रसाद ज्ञवाली, समाजसेवी पुरुषोत्तम वस्याल, गोविन्द्र पोखरेललगायतले बोल्दै मानिस भएर गरिने हरेक प्रकारका मानव सेवा भन्दा बढी सामाजिक सेवा भावले मानव कल्याण मित्र मञ्चले गरेका कामको सबैले अनुसरण गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका प्रमुख संरक्षक पुरुषोतम भट्टराईले मानव कल्याण मित्र मञ्च अविरल बग्ने यज्ञ भएको भन्दै यो यज्ञलाई साथ दिनका लागि आफु संस्थामा जोडिएको बताउनु भयो । मानव सेवा गर्न यस संस्थामा जुट्न पाएकोमा निकै गौरवान्वित हुदै यस यज्ञलाई विसाउन नमिल्ने गरी अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
साधारण सभाका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले मानव कल्याण मित्र मञ्चले गरेका मानविय कार्यले सरकार र अन्य सामाजिक संघ संस्थाहरुका लागि नविनतम दृष्टिकोण बन्न सक्छ भन्ने आफूलाई विश्वास रहेको औल्याउनु भयो । संसार भरी सबैभन्दा ठूलो कुरा मानव सेवा हो भन्दै नगरप्रमुख खांणले मानवताको सेवा भन्दा अरु कुनै सेवा माथि हुन नसक्ने धारणा राख्नु भयो । उहांले अरुको दुखलाई बाड्ने काम संस्थाले गरेकाले यसले आत्ममा खुशी प्राप्त हुने बताउनु भयो ।
संस्थाका अध्यक्ष दुर्गा प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रमले अध्यक्षको वार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन र सचिवको सांगठनिक प्रतिवेदन पारित गरेको मञ्चका सचिव कविता पन्थीले बताउनु भयो ।