Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पत्रकारिता क्षेत्रको व्यवसायिक सुरक्षा र जवाफदेहिता बिषयमा छलफल
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पत्रकारिता क्षेत्रको व्यवसायिक सुरक्षा र जवाफदेहिता बिषयमा छलफल

संसारपोस्ट संवाददाता · ७ श्रावण २०८१ · 0
पत्रकारिता क्षेत्रको व्यवसायिक सुरक्षा र जवाफदेहिता बिषयमा छलफल
80
SHARES
ShareTweet

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा आईतबार बुटवलमा पत्रकारिता क्षेत्रको व्यवसायिक सुरक्षा र जवाफदेहिता सुदृढीकरण बिषयक कार्यशाला सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघले इन्टरनेशनल अलर्टसँगको सहकार्यमा शुरु गरेको मिडिया सुरक्षा परियोजना अन्तर्गत गठन गरिएको फ्रि मिडिया नेटवर्कसँग आवद्ध सरोकारवालाहरुसँग पत्रकारिताको व्यवसायिक सुरक्षा र जवाफदेहिताका बिषयमा कार्यशालामा छलफल गरिएको हो ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले तुलनात्मक रुपमा रुपन्देहीको पत्रकारिता व्यवसायिक रहेको तर प्रश्नको घेराबाट बाहिर नरहेको बताउनुभयो । उहांले राज्यका तहबाट प्रदान हुने सेवाप्रवाह र सुरक्षाका सन्दर्भममा पनि प्रश्न रहेको बताउँदै रुपन्देहीको राजनीतिक परिपक्वता र पत्रकारिताको व्यवसायिकता राम्रो रहेको बताउनुभयो । प्रजिअ अर्यालले पत्रकारिता क्षेत्र अपडेट र अपग्रेड हुनुपर्नेमा जोड दिदै प्रशासनका तर्फबाट पत्रकारितालाई सुरक्षा दिनका लागि कुनै कसुरबाँकी नराख्ने र सूचना प्रवाहका सन्दर्भममा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले प्रस्तुती राख्दै रुपन्देहीमा पत्रकार आचारसंहिता पालना भइरहेको बताउँदै आफुहरुमाथि उठेका प्रश्नमा सच्चिन तयार रहेको बताउनुभयो । उहांले आफुहरुले विगतदेखि नै फ्रि मिडिया नेटवर्क गठन गरेर पत्रकारहरुको पेशागत सुरक्षा र पत्रकारितालाई व्यवसायिक बनाउने सन्दर्भमा छलफल गर्ने गरेको उल्लेख गर्नुभयो ।
उक्त अवसरमा पत्रकारहरुको सुरक्षा, नागरिक समाज र पत्रकारहरुविच सूचनाको हक प्रयोग, समाचार संकलन र सम्प्रेषणका क्रममा निष्पक्ष र व्यवसायिक अभ्यास गरेको नगरेको, सञ्चारगृहमा लैंगिक तथा सामाजिक समावेशिकरण सम्बन्धी नीति कार्यान्वयन गरे नगरेको, पत्रकारिताको सुदृढीकरणका लागि स्थानीय सरकारको भूमिका, स्थानीय सरकारको सञ्चार नीति लगायतका सूचकका आधारमा रुपन्देहीको अवस्थाबारे मापन गरिएको थियो । उक्त सूचकबारे नागरिक समाज र अन्य सरोकारवालाहरुका तर्फबाट मानवअधिकारकर्मी गोविन्द खनाल र पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार दिनेश पाण्डेयले प्रस्तुती राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यक्रम संयोजक गिरीराज अधिकारीले प्राप्त भएका सूचांकहरुको परिणामलाई आगामी नेतृत्वले कार्ययोजना बनाएर कार्यान्वयन गर्ने बताउनुभयो ।
कार्यशालाबाट रुपन्देहीमा पत्रकार सुरक्षा, व्यवसायिकता लगायतका बिषयमा छुटाछुट्टै मूल्यांकनमा ठिकै अवस्था आएकाले आगामी दिनमा सुधार गर्नुपर्ने निष्र्कष आएको महासंघ रुपन्देहीका सचिव विनोद परियारले बताउनुभयो । कार्यक्रममा जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय सहित, नागरिक समाज, मानवअधिकारकर्मी, स्थनीय जनप्रतिनिधि एवम् पत्रकारहरुको सहभागिता रहेको थियो ।

≪ Previous Post

अजुई हाङ्ग राईले चुमे पहिलो शेफ नेपालको उपाधी

Next Post ≫

आज साउन महिनाको पहिलो सोमबार, बोलबम यात्रा सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क