काठमाडौं । आइसिसी टी–२० विश्वकपको उपाधि भारतले जितेको छ। शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले १७ वर्षपछि उपाधि जितेको हो । भारतले जारी विश्वकपमा अपराजित रहँदै उपाधि जितेको हो ।
१७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर १६९ रन बनाउँदा भारत ७ रनले विजयी भएको हो ।
दक्षिण अफ्रिकाका लागि हेइनरिक क्लासेनले सर्वाधिक ५२ रन बनाए । त्यस्तै क्विन्टन डीककले ३९ रन, ट्रिस्टन स्टबले ३१ र डेबिड मिल्लरले २१ रन बनाए ।
भारतका लागि हार्दिक पाण्डेले ३ विकेट लिए। त्यस्तै अर्शदीप र जसप्रित बुमराहले २–२ विकेट र अक्सर पटेलले एक विकेट लिए ।
यसअघि बारबाडोजको ब्रिजटाउनस्थित रंगशालामा टस जितेर ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियो ।
भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। ५९ बल खेलेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरेका थिए ।
त्यस्तै अक्सर पटेलले ४७ रन, शिभम दुबेले २५ रन, रोहित शर्माले ९ रन, सूर्यकुमार यादव ३ र रविन्द्र जडेजाले २ रन बनाएर आउट भएका थिए । रिसभ पन्त भने शून्य रनमै आउट भएका थिए । त्यस्तै हार्दिक पाण्डे ५ रनमा अविजित रहे ।
भारतविरूद्ध ओपनर रिजा हेन्ड्रिक्स ४ रनमा, कप्तान एडिन मार्क्रम ४ रनमा, मार्को जनसर्न २ रनमा, केशव महाराज २ रनमा र कगिशो रबाडा ४ रनमा आउट भए ।
बलिङतर्फ हार्दीक पाण्डेले ३ विकेट लिए । अर्शदीप सिंह र जसप्रित बुमराहले २÷२ तथा अक्षर पटेलले १ विकेट लिए ।
बार्बाडोसस्थित केन्सिंग्टन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर १७६ रन बनाएको हो ।
फाइनल खेलमा ओपनर विराट कोहलीले ७६ रन बनाए । उनले ५९ बल खेलेर ६ चौका र २ छक्का हाने । अक्षर पटेलले ३१ बलमा १ चौका र ४ छक्का हानेर ४७ रन बनाए । शिवम् दुबेले १६ बलमा ३ चौका र १ छक्का हानेर २७ रन जोडे ।
फाइनल खेलमा कप्तान तथा ओपनर रोहित शर्मा ९ रनमा, सूर्यकुमार यादव ३ रनमा, रविन्द्र जडेजा २ रनमा र रिशभ पन्त शून्यमा आउट भए ।
बलिङतर्फ एनरिच नोर्किया र केशव महाराजले २÷२ तथा मार्को जनसेन र कगिशो राबाडाले १ विकेट लिए ।