Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ यथाशिघ्र पत्रकार महासंघको निर्वाचन गर्न प्रेस सेन्टर लुम्बिनीको माग
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

यथाशिघ्र पत्रकार महासंघको निर्वाचन गर्न प्रेस सेन्टर लुम्बिनीको माग

संसारपोस्ट संवाददाता · ५ असार २०८१ · 0
यथाशिघ्र पत्रकार महासंघको निर्वाचन गर्न प्रेस सेन्टर लुम्बिनीको माग
90
SHARES
ShareTweet

दाङ। प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशले नेपाल पत्रकार महासंघको निर्वाचन यथाशिघ्र गर्न माग गरेको छ । संगठनको दाङमा साेमबार सम्पन्न बैठकले विविध बहानामा महासंघको निर्वाचन सारिनु गलत रहेको निष्कर्षसहित यथाशिघ्र निर्वाचन गर्न माग गर्ने निर्णय गरेको सेन्टरका लुम्बिनी प्रदेश अध्यक्ष मानसिंह विकले जनाकारी दिए ।

“प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रदेश समिति, जिल्ला इन्चार्ज, अध्यक्षसहितको उपस्थितिमा सम्पन्न बैठकले श्रमजीवी पत्रकारको छाता संगठन पत्रकार महासंघको निर्वाचन समयमै नहुनुले यसको गरिमामाथि नै प्रश्न उठ्न सक्ने तर्फ सचेत हुन केन्द्रिय नेतृत्वलाई दवाव दिने निर्णय गरेको छ” अध्यक्ष विकले भने, “हामी इमान्दारिताका साथ शुद्धिकरण अभियानलाई टुंगोमा पुर्याउने र जस्तोसुकै त्याग गरेर भएपनि यथाशिघ्र महासंघको निर्वाचन गर्ने कुरामा प्रतिबद्ध छौँ, सोही अनुसार केन्द्रिय नेतृत्वलाई दवाव दिन्छौं ।”
बैठकमा बोल्दै नेकपा माओवादीका लुम्बिनी प्रदेश सचिव तथा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका फ्र्याक्सन इन्चार्ज कृष्ण कुमार अधिकारी(प्रकाश)ले १२ वटै जिल्लाबाट एकमत एकताका साथ निर्वाचनमा लाग्न निर्देशन दिए । उनले पार्टीको नयाँ बिधान अनुसार संगठनहरूलाई नयाँ बिचारकाे संश्लेषण सहित विधि निर्माणकाे प्रयास भइरहेको समेत बताए । सङ्गठन निर्माणमा नेता कार्यकर्ताकाे इमान्दारिताकाे मूल्याङ्कन विधि सहित प्रेस सेन्टरलाई अन्य सङ्गठन भन्दा राम्रो र फरक खालकाे बनाउन सुझाव दिए ।
त्यसैगरी सेन्टरका केन्द्रिय उपमहासचिव यानेन्द्र जिसीले श्रमजीवी पत्रकारको हकहितमा लड्ने संस्थालाई विवादित गराउने कार्यमा कोही पनि संलग्न नहुन आग्रह गरे । उनले भने , “पत्रकार महासंघ रातारात बनेको संस्था होइन, यसलाई संस्थागत गर्न अग्रजले गरेको त्याग र यसको गरिमाको बारेमा महासंघको नेतृत्वले नजरअन्दाज गर्न मिल्दैन ।”
बैठकले लुम्बिनी प्रदेश सरकारलाई संचारमाध्यम सुचिकृत गर्ने कार्य आर्थिक वर्षको सुरुवात संगै सुरू गर्न अनुरोध गर्ने निर्णय गरेको जनाइएको छ । “संचारमाध्यम सुचिकृत गर्ने र लोककल्याणकारी सूचना आर्थिक वर्षको उत्तरार्धमा गर्ने कार्य गलत छ” सेन्टरका वरिष्ठ परदेश उपाध्यक्ष रुद्रहरी कुंवरले भने , “बैठकले पत्रपत्रिका, रेडियो, टेलिभिजनसंगै अनलाइनलाई पनि सुचिकृत गर्न र लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन आग्रह गर्ने निर्णय भएको छ, संगठनले त्यसको लागि पहल गर्छ ।”
१२ वटै जिल्लाका जिल्ला इन्चार्ज, अध्यक्षले आगामी निर्वाचनको लागि जिल्लाले गरेको तयारीबारे ब्रिफिंग गरेका थिए । बैठकले आसन्न महासंघको निर्वाचनको तयारीमा जुट्न जिल्ला शाखालाई निर्देशन दिएको जनाईएको छ ।

≪ Previous Post

तिलोत्तमा उद्योग बाणिज्य संघमा नवनिर्वाचित पदाधिकारीको पदस्थापन

Next Post ≫

दिपेन्द्र सिंह ऐरी टी–२० को अलराउन्डर वरियतामा छैटौं स्थानमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क