Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेश सरकारद्वारा आर्थिक बर्ष २०८१\०८२ को वजेट प्रस्तुत :लुम्बिनी सरकारले ल्यायो करिब ३९ अर्बको वजेट
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश सरकारद्वारा आर्थिक बर्ष २०८१\०८२ को वजेट प्रस्तुत :लुम्बिनी सरकारले ल्यायो करिब ३९ अर्बको वजेट

संसारपोस्ट संवाददाता · २ असार २०८१ · 0
प्रदेश सरकारद्वारा आर्थिक बर्ष २०८१\०८२ को वजेट प्रस्तुत :लुम्बिनी सरकारले ल्यायो करिब ३९ अर्बको वजेट
150
SHARES
ShareTweet

बुटवल । प्रदेशका सरकारले शनिवार आर्थिक बर्ष २०८१÷०८२ को लागि वजेट सार्वजनिक गरेका छन् । प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संबैधानिक व्यवस्था अनुसार बजेट सार्वजनिक गरेका हुन् ।
अन्य प्रदेश सरकारले जस्तै लुम्बिनी प्रदेश सरकारले पनि आर्थिक बर्ष २०८१\०८२ को लागि ३८ अर्व ९७ करोड ९५ लाख ३६ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।
प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षका लागि राजश्व र व्ययको वार्षिक अनुमानित बजेट पेश गर्नु भएको हो ।
मन्त्री आचार्यका अनुसार चालुतर्फ ११ अर्व २४ करोड २७ लाख ८४ हजार अर्थात २८ प्रतिशत रकम बिनियोजन गरिएको छ भने पुँजीगत तर्फ २४ अर्व ५८ करोड ५९ लाख अर्थात ६६ प्रतिशत बराबरको बजेट बिनियोजन गरिएको छ । यस्तै बित्तिय हस्तान्तरणतर्फ ३ अर्व १४ करो १३ लाख १६ हजार अर्थात ८ दशमलव ०६ प्रतिशत रकम बिनियोजन गरिएको मन्त्री आचार्यले प्रस्तुत गरेको बजेट बक्तब्यमा उल्लेख छ ।
आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा १ अर्ब ५१ करोड रूपैयाँले कम हो । चालू आर्थिक वर्षको लागि प्रदेश सरकारले ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । प्रदेश सञ्चित कोषमाथि व्ययभार हुने रकमतर्फ १ करोड ४ लाख ६४ हजार विनियोजन गरिएको छ । बजेटमा कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखिएको प्रदेश सरकारले दावी गरेको छ ।
आगामी आर्थिक वर्षमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वबाट ७ अर्ब ५१ करोड २१ लाख, संघबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट १२ अर्ब १ करोड ५० लाख, संघबाट प्राप्त हुने रोयल्टी ५० करोड १७ लाख, स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजस्व २ अर्ब ९२ करोड १९ लाख हुने अनुमान गरिएको छ ।
यस्तै गरी संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब २८ करोड ६४ लाख, सशर्त अनुदानबाट ४ अर्ब १९ करोड ३३ लाख, समपूरक अनुदानबाट७९ करोड ५० लाख, विशेष अनुदानबाट ७४ करोड ४६ लाख, चालु आर्थिक वर्षको नगद मौज्दातबाट २ अर्ब परिचालन हुने अनुमान गरिएको छ । २
यस्तै गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१\०८२ को लागि ३२ अर्ब ९६ करोड ८५ लाख बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री टकराज गुरूङले शनिबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै चालुतर्फ १३ अर्ब १६ करोड अर्थात ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात १९ अर्ब ५१ करोड बजेट विनियोजन गर्नुभएको हो । बजेटको यो आकार चालु आर्थिक वर्षको भन्दा ८५ करोडले कम हो ।
त्यस्तै कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१\८२ का लागि ३५ अर्ब २७ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले चालु आर्थिक वर्षको भन्दा एक अर्ब कमको बजेट प्रदेशसभा बैठकमा प्रस्तुत गर्नु भएको हो । चालू आर्थिक वर्षका लागि कोशी सरकारले ३६ अर्ब ७४ करोडको बजेट ल्याएको थियो । प्रदेश सरकारले आगामी वर्षका लागि चालुतर्फ १४ अर्ब ४७ करोड ३० लाख र पुँजीगत तर्फ १६ अर्ब २० करोड र वित्तीय व्यवस्थातर्फ ४ अर्ब ५८ करोडको बजेट विनियोजन गरेको छ ।
त्यस्तै कर्णाली सरकारले आगामी आर्थिक वर्ष २०८१\०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ कुल बजेट ल्याएको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट प्रस्तुत गर्नु भएको हो् । प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा पूँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ५९दशमलव ७ प्रतिशत हो । यस्तै चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार रहेको छ । यो कुल बजेटको अर्थात २४दशमलव १२ प्रतिशत प्रतिशत हो । सरकारले ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा २ अर्ब घटेर आएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१\८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बराबरको वार्षिक बजेट ल्याएको छ् । प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बराबरको वार्षिक बजेट प्रस्तुत गर्नु भएको हो ।

 

 

 

≪ Previous Post

प्रहरीले चोरी भएका २४ वटा मोबाईल फेलापारी सम्वन्धित ब्यक्तिलाई बुझायो

Next Post ≫

मुस्लिम धर्मावलम्बी बकर इद (इदुल जोहा) मनाउदै : आज सार्वजनिक बिदा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क