Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ चुनावसम्म पार्टी घोषणा पत्रका अधिकांश प्रतिवद्धता पुरा गर्छौं : मन्त्री भट्टराई
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चुनावसम्म पार्टी घोषणा पत्रका अधिकांश प्रतिवद्धता पुरा गर्छौं : मन्त्री भट्टराई

संसारपोस्ट संवाददाता · २३ श्रावण २०७६ · 0
चुनावसम्म पार्टी घोषणा पत्रका अधिकांश प्रतिवद्धता पुरा गर्छौं : मन्त्री भट्टराई
110
SHARES
ShareTweet

चुनावसम्म पार्टी घोषणा पत्रका अधिकांश प्रतिवद्धता पुरा गर्छौं ः मन्त्री भट्टराई
संसार पोष्ट
बुटवल, २३ साउन । संस्कृति,पर्यटन तथा नागरिक उड््डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षमा २० लाख नभई ५० लाख पर्यटन भित्राउन सकिने बताउनुभएको छ । विदेशमा ५० लाख नेपाली रहेका उल्लेख गर्दै मन्त्री विष्टले विदेशमा बसेका हरेक नेपालीले एक–एक जनाका दरले पर्यटक पठाए ५० लाख पर्यटक सजिलै भित्रिन सक्ने बताउनुभयो ।
लुम्बिनी विकास कोषको विशेष वैठकमा सहभागी हुन रुपन्देही आउनुभएका नवनियुक्त पर्यटन मन्त्री विष्टले प्रेस संगठन रुपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा विदेशमा बसेर सरकारको आलोचना गर्नुको साटो एकएक जना पर्यटक नेपाल पठाउने काम गर्न आग्रह गर्नुभयो ।
मन्त्री भट्टराईले प्रधानमन्त्रीले आफूलाई मन्त्री नियुक्त गर्दा गौतमबुद्ध विमानस्थललाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको स्मरण गर्दै आउंदो डिसेम्बर अन्त्यसम्म विमानस्थल सञ्चालनमा आउने बताउनुभयो । आफूले हरेक रात डिसेम्बर ३० को सपना देख्ने गरेको भन्दै उहांले कतिपयले विमानस्थल संचालनको मिति सार्ने कुरा गरेपनि आफूले नमानेको दावी गर्नुभयो ।
यस्तै निजगढ विमानस्थल २०१९ को अन्त्यसम्म शिलान्यास गर्ने दावी गर्दै मन्त्री विष्टले शिलान्यासमा देशभरबाट दशौं लाख जनता उतार्ने दावी समेत गर्नुभयो ।
सरकारले केही गरेन भनेर भैरहेका टिका टिप्पणि प्रति लक्षित गर्दै मन्त्री विष्टले भन्नुभयो–“सरकार सही दिशामा छ तर गति भने कम भएको छ ।” आउंदो चुनावसम्म पार्टी घाोषणापत्रका अधिकांश प्रतिवद्धता पूरा गर्ने उहांको दावी थियो । जनताको अहिलेको विश्वासलाई बचाउन सके पचासौं वर्ष सरकारमा रहने उहांले बताउनु भयो । लुम्बिनी विकास कोषको सदस्य सचिवको टुंगो छिटै लाग्ने उल्लेख गर्दै मन्त्री विष्टले वृहत्तर लुम्बिनी गुुरुयोजना पनि बनाइने उल्लेख गर्नुभयो । वाइडबडी जहाज खरिदमा भएको अनियमितताबारे अख्तियारले छानवीन गरिरहेको र संसदीय समितिको निर्देशनप्रति सरकार जवाफदेही रहेको मन्त्री भट्टराईले दावी गर्नुभयो ।
पर्यटन मन्त्री भट्टराईले बिहीबार नै भैरहवाको गौतमवुद्ध विमानस्थलको निरीक्षण गर्दै विमानस्थल आउँदो डिसेम्बर ३० सम्म जसरी पनि सम्पन्न गर्नुपर्ने बताउनु भएको थिगयो ।
सरकारले २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेकाले भ्रमण वर्ष सफल कि असफल हुन्छ भन्ने विषयसंग विमानस्थल जोडिएकाले पनि डिसेम्वर ३० सम्म विमानस्थलको काम सम्पन्न गर्ने बताउनु भयो ।
आयोजनाका काम निरीक्षण गर्ने क्रममा मन्त्री भट्टराईले सिंगो मुलुकले गौतमबुद्ध विमानस्थलबाट फाइदा लिने बताउँदै प्रदेश सरकार, स्थानीय सरकार र नागरिकले नजिकबाट फाइदा लिने उल्लेख गर्नुभयो ।
सो अवसरमा प्रदेश पाँचका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री लिला गिरी, प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले आयोजना समयमै सम्पन्न गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
त्यस अवसरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ईञ्जिनियर प्रवेश अधिकारीले नदीजन्य पदार्थ समयमा उपलब्ध नहुँदा पनि समयमा काम गर्न आयोजनालाई समस्या भएको जानकारी गराउनु भएको थियो ।

≪ Previous Post

अन्तिम संस्कार गरेका छोरा जब जीवितै फर्किए…

Next Post ≫

आजको राशिफल ( २४ साउन २०७६ शुक्रवार)

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क