Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ स्वर्ण महोत्सवमा भलाई भलाई कोषद्वारा ५ लाखको छात्रवृत्ति अक्षयकोष स्थापना
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्वर्ण महोत्सवमा भलाई भलाई कोषद्वारा ५ लाखको छात्रवृत्ति अक्षयकोष स्थापना

संसारपोस्ट संवाददाता · १ बैशाख २०८१ · 0
स्वर्ण महोत्सवमा भलाई भलाई कोषद्वारा ५ लाखको छात्रवृत्ति अक्षयकोष स्थापना
100
SHARES
ShareTweet

बुटवल । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले स्वर्ण महोत्सवको अवसर पारेर छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ ।
कोषले शनिबार एक समारोहका बिच ५ लाख १ हजार १११ रुपियाँको गरिव तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । यो अक्षयकोषको कार्यविधि निर्माण गरी यातायात मजदूरका छोराछोरीलाई उपलव्ध गराउने लक्ष्य राखिएको छ ।
छात्रवृत्ति अक्षयकोष स्थापना र भित्तेपात्रो विमोचन कार्यक्रमको उदघाटन गर्दै कोषका पुर्व अध्यक्ष, मानार्थ सदस्य एवं सल्लाहकार कुमार थापाले कोषले बिगतदेखि हालसम्म भोग्दै आएका कठिनाई र यातायात व्यवसायी तथा मजदूरको लागि कोषले गर्दै आएको कार्यका बारेमा प्रकाश पार्नुभएको थियो ।
उहांले बिगतमा मजदूर मात्र आवद्ध कोषमा व्यवसायीलाई समेत सहभागी गराउन ठूलो मेहनत गर्नुपरेको भन्दै फलस्वरुप भलाई कोष अहिलेको अवस्थासम्म आइपुगेको बताउदै २०५३–५४ सालमा आफूले कोषको नेतृत्व गर्दा चलचित्रको च्यारिटी शो बापतको ७८ हजार रकममा कोषले २२ हजार थपेर छात्रवृत्ति अक्षयकोष स्थापना गरेको भएपनि त्यसको छुट्टै कार्यविधि बनाएर सञ्चालन नहुँदा त्यो कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । पुर्व अध्यक्ष थापाले अहिले स्थापना भएको छात्रवृत्ति अक्षयकोषको छुट्टै कार्यविधि र बैंक खाता सञ्चालन गरिने र यातायात मजदूरका छोराछोरीका साथै कोषका कर्मचारीका बालबच्चालाई पनि छात्रवृत्तिमा समेटिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै कोषका अध्यक्ष दिनेश फुल्लेलले भलाई कोषको आफ्नो सामाजिक दायित्व समेत रहेकाले छात्रवृत्ति स्थापना गरी स्वर्ण महोत्सवलाई थप रचनात्मक बनाउन सकिएको बताउनु भयो । उहांले स्वर्ण महोत्सवका अवसरमा तीन दिवसीय कार्यक्रम आयोजना गरिएको भन्दै कोषका गतिविधिबारे प्रकाश पार्नुभएको थियो ।
त्यस अवसरमा कोषका उपाध्यक्ष छविलाल थापा, महासचिव योगबहादुर गुरुङ, सचिव बृजेश न्यौपाने, कोषाध्यक्ष प्रकाश कुमार नेपाल, सल्लाहकार कृष्णप्रसाद बेलबासे, प्रेस सल्लाहकार लक्ष्मण पौडेल, कार्यालय प्रमुख ठानेश्वर बस्याललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा कोषले प्रकाशित गरेको नयाँ वर्ष २०८१ सालको भित्तेपात्रो समेत विमोचन गरिएको थियो ।

≪ Previous Post

ड्रिम युनिक रूपन्देही सुपरलिगः अमर मिश्राको उत्कृष्ट प्रदर्शनमा होराइजन विजयी

Next Post ≫

ड्रिम युनिक रूपन्देही सुपरलिगः लुम्बिनी खुकुरी फाइनलमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क