Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ड्रिम युनिक रूपन्देही सुपरलिगः अमर मिश्राको उत्कृष्ट प्रदर्शनमा होराइजन विजयी
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ड्रिम युनिक रूपन्देही सुपरलिगः अमर मिश्राको उत्कृष्ट प्रदर्शनमा होराइजन विजयी

संसारपोस्ट संवाददाता · १ बैशाख २०८१ · 0
ड्रिम युनिक रूपन्देही सुपरलिगः अमर मिश्राको उत्कृष्ट प्रदर्शनमा होराइजन विजयी
100
SHARES
ShareTweet

भैरहवा । अमर मिश्राको उत्कृष्ट बलिङ र ब्याटिङको मद्दतमा न्यु होराइजन क्रिकेट क्लबले देवदह क्रिकेट क्लबलाई पराजित गर्दै ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा जित निकाल्न सफल भएको छ । शनिबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा न्यु होराइजनले देवदहमाथि ६ विकेटको सहज जित हात पारेको हो ।
जितका लागि पाएको ८७ रनको झिनो लक्ष्य न्यु होराइजनले १५ ओभर २ बलमा ४ विकेटको नोक्सानीमा पूरा गर्दै सहज जित निकाल्यो । उसको जितमा प्रकाश गिरी र अमर मिश्राले अविजित ३० र २८ रनको योगदान दिँदा महेश भरले १० रन बनाए । बलिङमा देवदहका सुरज खड्काले २ तथा शिवकुमार गुप्ता र कीर्तिमान ढकालले समान १–१ विकेट लिए ।
यसअघि सिद्धार्थ क्रिकेट मैदान भैरहवामा टस जितेर ब्याटिङ गरेको देवदहले निर्धारित ५० ओभरको खेलमा २६ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ८६ रन बनाएका थियो । उसलाई सस्तैमा रोक्न न्यु होराइजनका अमर मिश्राले ७ ओभर बलिङ गर्दै ३ मेर्डन राखेर १६ रन खर्चंँदै ५ विकेट लिए । यस्तै, सुमित पराजुलीले ३ तथा निर्मल गुरुङले १ विकेट हात पारे । देवदहका समीर विष्टले २७, कीर्तिमान ढकालले १६ र सुमन पाण्डेले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् र टिम झिनो स्कोरमै रोकिँदै पराजित हुन पुग्यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेको न्यु होराइजनका अमर मिश्रा प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ पाए ।
रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए ।

≪ Previous Post

संस्कृत विद्या शिरोमणि प्रा.डा. ढकालको ‘श्रीमद्भागवत महापुराण’ लोकार्पण

Next Post ≫

स्वर्ण महोत्सवमा भलाई भलाई कोषद्वारा ५ लाखको छात्रवृत्ति अक्षयकोष स्थापना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क