तिलोत्तमा । बिभिन्न राजनैतिक दलका नेताहरुले मुलुकको विकासका लागि सबै दलहरु मिलेर अगाडी बढुपर्ने वताएका छन् । निर्वाचनका बेला दलहरुका विचमा स्वच्छ प्रतिष्प्रधा भएपनि मुलुक र आफ्नो गाउँ नगरको विकासका लागि सबै दलहरु मिलेर अगाडी बढुनुपर्ने उनीहरुले जोड दिएका छन् ।
नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले नयाँ वर्ष २०८१ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागि दलका नेताहरुले विकासका लागि सबैको साझा धारणा र एकता जरुरी रहेका बताएका हुन ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री भरतकुमार शाहले नेपालमा फरक दलका नेता कार्यकर्ता फरक दलका कार्यक्रममा जाने र शुभकामना आदान प्रदान गर्ने राम्रो कल्चर रहेको भन्दै यसले दलहरुका विचमा भावनात्मक सम्वन्ध स्थापित गर्ने बताउनु भयो ।
उहांले सबै दलहरु मिलेर गरेको विकासले मुलुकमा सम्पन्नता ल्याउने र सम्पन्नताले रोजगारीको सिर्जना संगै ब्यापार ब्यवसाय प्रवद्र्धनमा टेवा पुर्याउने बताउनु भयो । उहांले विकास र सम्पन्नताका लागि राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बृद्धि गरी शिक्षा र स्वास्थ्य पूर्ण निशुल्क गर्नुपर्नेमा जोड दिनुभयो ।
केन्द्रीय सदस्य गंगा शाहीले नयाँ वर्ष विकास र सम्वृद्धिको वर्ष वनोस भन्ने कामना गर्नुभयो । उहांले दलहरुका विचमा वढ्दो वेमेलको अन्त्य गरी नयाँ वर्ष आपसी एकता, सदभाव र सदवुद्धिको वर्ष वनोस भन्ने कामना गर्नुभयो ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले भौतिक विकास संगै मानविय विकास गरी गरिवी न्युनिकरणका लागि सबै दल एकजुट हुनुपर्ने आवश्यक्ता औल्याउनु भयो ।
नेपाली काँग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति प्रजापाल गिरी, नेकपा एमालेका नगर अध्यक्ष तामनाथ पाण्डे, माओवादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्मा, जनमुक्ति पार्टीका नगर अध्यक्ष राधिका श्रीस, काँग्रेस जिल्ला सदस्य, कमला पाण्डे, नगर उपसभापति कल्याण पौडेल, तिलोत्तमा ७ का काँग्रेस वडा सभापति दिनमणि पंगेनी लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।