Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाल औषधि ब्यवसायी संघ लुम्बिनीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल औषधि ब्यवसायी संघ लुम्बिनीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन

संसारपोस्ट संवाददाता · १० चैत्र २०८० · 0
नेपाल औषधि ब्यवसायी संघ लुम्बिनीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन
110
SHARES
ShareTweet

मानव जीवनसंग जोडिएको औषधीको नियमन प्रक्रियामा प्राथमिकता : महानिर्देशक ढकाल

बुटवल । नेपाल औषधि ब्यवसायी संघ लुम्बिनीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन रुपन्देहीको तिलोत्तमामा शुरु भएको छ ।
साधारणसभा तथा अधिबेशनको एक कार्यक्रमका वीच उद्घाटन गर्दै औषधी ब्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले मानव जीवनसंग जोडिएको विषय औषधी भएको हुँदा यसलाई महत्वपूर्ण विषयका रुपमा लिएर नियमन प्रक्रियालाई प्राथमिकता दिईने गरेको बताउनुभयो ।
औषधी उत्पादक कम्पनीमा असल अभ्यासको कमी रहेको भन्दै उहांले अनुगमन गर्ने क्षेत्रमा मात्र गुनासो गर्नु गलत भएको बताउनु भयो । नेपालमा उत्पादन भएको औषधीले काम गर्दैन भन्ने गलत सोच वा बाहिरबाट ल्याईएको औषधी नै गुणस्तरीय हुन्छ भन्ने सोच सही नहुने उहांको तर्क छ ।
‘एनओसीको नाममा गलत अभ्यास भएको छ’–उहांले भन्नुभयो–‘यो ब्यवसायीहरुको हितमा भएपनि यसको गलत प्रयोग भएको छ ।’ यो पेशालाई मर्यादित बनाउने गरी लाग्न उहांले ब्यवसायीहरुलाई सुझाव दिनुभयो । अनुगमनकै नाममा केही उद्योगको बिक्री बढाउने काम गर्नु अवैज्ञानिक र अब्यवहारिक भएको महानिर्दशक ढकालको भनाई छ ।
भारतमा १ देखि ३ महिनामात्र स्टकको समयावधि रहेको छ ढकालले भन्नुभयो–‘नेपालमा न्युनतम एक वर्ष लाग्ने हुँदा पनि आर्थिक भार पर्ने गरेको छ । मूल्य समायोजन गर्ने गरी गरिएको निर्णयप्रति नै विवाद उत्पन्न भएको छ । स्वच्छ मूल्य निर्धारण नियमावली ड्राफ्ट भएकोले मूल्य तोक्ने विषयमा समितिको स्वरुपलाई सिफारिस गरिएको छ ।’
कार्यक्रममा नेपाल औषधी ब्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेवालले देशको आवश्यकता र माग अनुसार नीति निर्माण गर्न जरुरी रहेको बताउनुभयो । सरकारले बिमाको रकम रोक्ने काम गर्दा यसको आम नागरिकमा असर पर्ने हुँदा यस विषयमा गम्भीर हुनुपर्ने उनको भनाई छ ।
नेपाल उद्योग परिसंघका पुर्व केन्द्रीय अध्यक्ष तथा औषधी उत्पादक हरिभक्त शर्माले युवा विदेश पलायनको वर्तमान अवस्थालाई रोक्न जरुरी रहेकोे बताउनु भयो । बजारमा अस्वस्थ प्रतिस्पर्धाको कारण वर्तमान कठिन अवस्था आएको भन्दै उहांले राष्ट्रिय स्वाभिमान नभएको र नागरिकलाई रोजगार दिन नसक्ने देशका रुपमा पहिचान बनाउँदै गएको दुःखेसो गर्नुभयो । औषधि राम्रो र गुणस्तरीय बनाउन नियमित अभ्यास जरुरी रहने भन्दै सस्तो निर्णयका कारण चुनौतीहरु थपिने क्रम बढेको उहांले बताउनु भयो ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष एजाज आलमले धेरै क्षेत्रमा विकृति रहेको भन्दै यसको सुधारमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो । कार्यक्रममा रुपन्देही शाखाका निवर्तमान अध्यक्ष सुरज भट्टराईले भौगोलिक बनावटका हिसाबबाट पनि कठिन लुम्बिनी प्रदेशमा संघबाट भएको कार्य उत्कृष्ट रहेको उल्लेख गर्नुभयो ।
पुर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले औषधी ब्यवसायीहरुको आवश्यकता अनुसार सरकारको उत्पादनको नीति हुनुपर्ने बताउनु भयो । कार्यक्रममा संघका अध्यक्ष शिव ज्ञवालीले वर्षभरि ब्यवसायिक हितमा र सामाजिक क्षेत्रमा गरेको कामको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा नेपाल औषधी ब्यवसायी संघका केन्द्रीय सचिव कृष्ण रोकाया, नेपाल च्याम्बर अफ कमर्श लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल, संघका विशेष सल्लाहकार डा. रोहितराज क्षेत्री, संघका सल्लाहाकार शेर बहादुर थापा, पुर्वअध्यक्ष निर्मलध्वज श्रेष्ठ, संघका महासचिव लुकराज न्यौपानेलगायतले बोल्दै ब्यवसायीहरुलाई एकतावद्ध गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी कार्यक्रममा प्रदेशबाट यसवर्ष उत्कृष्ट कार्यसम्पादन गरेका आधारमा रुपन्देही जिल्ला प्रथम, दाङ जिल्ला दोस्रो तथा गुल्मी जिल्ला तेस्रो भएकाले सम्मान गरिएको थियो ।

≪ Previous Post

भारतबाट अबैधरुपमा ल्याउंदै गरेको ६ लाख बढिको सामान प्रहरीको नियन्त्रणमा

Next Post ≫

तराई मधेशका जिल्लाहरुमा आज होली पर्व मनाइदै 

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क