Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बुटवलमा छाडा चौपाया ब्यवस्थापन अभियान: चार सय गाई गोरु गौशालामा ब्यवस्थापन
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा छाडा चौपाया ब्यवस्थापन अभियान: चार सय गाई गोरु गौशालामा ब्यवस्थापन

संसारपोस्ट संवाददाता · ९ चैत्र २०८० · 0
बुटवलमा छाडा चौपाया ब्यवस्थापन अभियान: चार सय गाई गोरु गौशालामा ब्यवस्थापन
110
SHARES
ShareTweet

बुटवल। बुटवल उपमहानगरपालिकाले सडकका छाडा चौपाया व्यवस्थापनका लागि अभियान शुरु गरेको छ। शुक्रबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको नेतृत्वमा बुटवलका विभिन्न चोकमा छरियर रहेका छाडा चौपाया बुटवलको शिवनगरस्थित गौशालामा लगिएको छ।

नगरप्रमुख पान्डेका अनुसार पहिलो चरणमा बुटवलका वडा नम्बर ३ देखि ११ सम्मका छाडा चौपायालाई गौशालामा लगेर व्यवस्थापनको काम शुरु गरिएको छ ।

पहिलो दिन करीब ४ सय गाई गोरु गौशालामा राखिएको र दैनिक रुपमा यो अभियान सञ्चालन गरेर सडकबाट गाई गोरु हटाइने उहाले बताउनुभयो ।

‘बुटवल सबैतिरको केन्द्रविन्दु भएकाले यहाँ अन्यत्रबाट धेरै गाईगोरु आउने गरेका छन्, -उहाले भन्नुभयो-`अहिले हामीले बुटवलभित्र रहेका गाई गोरुको व्यवस्थापन गर्छौं, त्यसपछि हाम्रा मुख्य प्रवेश नाकाहरुमा निगरानी गर्ने र सहरभित्र गाई गोरु ल्याउन रोक्ने काम पनि गरिनेछ।’

सडकमा गाईगोरु देखेमा शिवनगर गौशालामा पुर्‍याउन वा उपमहानगरपालिका र वडा कार्यालयलाई खबर गर्न प्रमुख पान्डेले आग्रह गर्नुभयो । उहाले सडकमा गाईगोरुको संख्या बढ्दै जाँदा दुर्घटना बढेको र असुरक्षित भएकाले छाडा चौपाया हटाउन यो अभियान निरन्तर  रुपमा सञ्चालन गरिने बताउनुभयो ।

‘यो अभियानमा हामीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न संघसंस्था, स्वयमसेवक र बुटवलबासीको साथ पाएका छौं-प्रमुख पान्डेले भन्नुभयो-`यसले बुटवललाई थप व्यवस्थित बनाउनेछ।’

उपप्रमुख सावित्रादेवी अर्यालले नगरलाई थप व्यवस्थित र सुन्दर बनाउनका लागि छाडा चौपाया व्यवस्थापन थालिएको बताउदै यो अभियानमा सहभागी हुन बुटवलबासीलाई आह्वान गर्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बुटवलको मुख्य चुनौतीका रुपमा रहेको छाडा चौपाया व्यवस्थापनको काम शुरु भएको र त्यसको व्यवस्थापनको लागि सबै तयारी भएको बताउनुभयो । उहाले गौशालामा गाईगोरुका लागि दाना र परालको व्यवस्था गरी हेरालु समेत राखिएको जानाकारी गराउनुभयो ।

छाडा चौपाया व्यवस्थापनमा बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नगरप्रहरी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संघसंस्थाका प्रतिनिधिहरु तथा समुदायका अगुवाहरु सहभागी थिए।

≪ Previous Post

समृद्वि र विश्व शान्तिका लागि लुम्बिनी सम्मेलन शुरू

Next Post ≫

ड्रिम युनिक रूपन्देही सुपरलिग : प्रोफेशनल मास्टर्स दुई रनले विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क