Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ समृद्वि र विश्व शान्तिका लागि लुम्बिनी सम्मेलन शुरू
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

समृद्वि र विश्व शान्तिका लागि लुम्बिनी सम्मेलन शुरू

संसारपोस्ट संवाददाता · ८ चैत्र २०८० · 0
समृद्वि र विश्व शान्तिका लागि लुम्बिनी सम्मेलन शुरू
80
SHARES
ShareTweet

लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभएर बुद्ध धर्मको मुहान हो : परराष्ट्रमन्त्री श्रेष्ठ

लुम्बिनी । ‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नाराका साथ लुम्बिनी सम्मेलन (कन्क्लेभ) बिहीबारदेखि सुरु भएको छ । सम्मेलन परराष्ट्र मन्त्रालय र अन्तर कन्सुलर कर्पस नेपालको संयुक्त आयोजनामा शान्ति र समृद्विलाई केन्द्रमा राखेर गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा सम्मेलन शुरू भएको हो । सम्मेलनको विहिबार साँझ उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उदघाटन गर्नुभएको हो ।
उदघाटन समारोहमा बोल्दै परराष्ट्रमन्त्री श्रेष्ठले लुम्बिनी बुद्व जन्मस्थल मात्रै नभई बौद्व दर्शनको उद्गम भूमि रहेको बताउनुभयो । उहांले बुद्व र लुम्बिनीलाई अलग बुद्वका शिक्षाले विश्वमा शान्ति स्थापनामा महत्वपूर्ण भूमिका रहेकाले विश्वले अंगिकार गर्नुपर्ने बताउनुभयो । लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभएर बुद्ध धर्मको मुहान समेत रहेको उहांले बताउनुभयो ।
उहांले नेपाल जटिल भूराजनीतिक चुनौतीहरूको बीचमा रहेको बताउंदै विश्वमा देखिएको द्वन्द्वलाई ध्रुव्रिकृत गर्दै शान्तिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । विश्वमा देखा परेको द्वन्द्वले विश्वव्यापी आर्थिक संकट र असमानतालाई बढाइरहेको समेत उहांले बताउनुभयो ।
शान्ति र समृद्धिको एजेण्डामा सम्मेलन गर्ने सबैभन्दा उत्तम ठाउँ लुम्बिनी रहेको बताउंदै मन्त्री श्रेष्ठले भन्नुभयो–‘शान्ति र समृद्विका लागि लुम्बिनीको विकल्प अरु हुन सक्दैन ।’ लुम्बिनी शान्तिको उदगम थलोसंगै मानवता, सुख, कल्याण र मुक्तिको खोजमा आफ्नो जीवन समर्पण गर्ने बुद्व जन्माएको पवित्र स्थल रहेको बताउनुभयो । उहांले चार महिनाअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले लुम्बिनी भ्रमण गरेको स्मरण गर्दै भगवान बुद्धका शिक्षाहरू प्रतिबिम्बित गर्ने ठाउँका रूपमा व्याख्या गनुभयो ।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे), पूर्वमन्त्री देवेन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो ।
सम्मेलन शुभारम्भमा लुम्बिनी म्यूजियम ईनेसियिटिभका संस्थापक तथा कार्यकारी निर्देशक सुम्मिना उदासले प्रस्तुती राख्दै बुद्व जन्मस्थल लुम्बिनी विश्वका शान्ति मार्गीहरूको आस्थाको केन्द्र भएको बताउनुभयो ।
सम्मेलनमा बुद्विजम आर्ट ईन नेपलिज आर्टका प्रोफेसर डा.नरेश शाक्य, पदम ज्योतीलगायतले बोल्दै लुम्बिनीमा गैरआवासिय राजदुहरूलाई स्वागत गर्नुभयो ।
सम्मेलनमा विभिन्न देशका गैरआवासीय राजदूतहरु एकै पटक लुम्बिनीमा आएर बुद्व, शान्ति र समृद्विका बिषयमा छलफलमा सहभागी भएका छन् ।
सम्मेलनमा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू सहभागी छन । बिहीबार दिउँसो बुद्ध एयरको जहाजमा भैरहवा आएका उनीहरूले बुटवल स्थित लुम्बिनी केवल कारको भ्रमण गरेका थिए ।
सम्मेलनमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायतका विषयमा छलफल र प्रस्तुति गरिने जनाईएको छ । शुक्रबार लुम्बिनी भ्रमण गर्ने कार्यसूची रहेको छ । त्यसपछि टाईगर रिसोर्टमा छलफल गरि सम्मेलन सकिनेछ ।

≪ Previous Post

१९ देशका गैरआवासीय राजदूत बसन्तपुरमा

Next Post ≫

बुटवलमा छाडा चौपाया ब्यवस्थापन अभियान: चार सय गाई गोरु गौशालामा ब्यवस्थापन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क