Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ड्रिम युनिक रूपन्देही सुपरलिग : गोलपार्क ४ विकेटले विजयी
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ड्रिम युनिक रूपन्देही सुपरलिग : गोलपार्क ४ विकेटले विजयी

संसारपोस्ट संवाददाता · ८ चैत्र २०८० · 0
ड्रिम युनिक रूपन्देही सुपरलिग : गोलपार्क ४ विकेटले विजयी
90
SHARES
ShareTweet

भैरहवा । भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा बिहीबार भएको डिभिजन ‘बी’ अन्तर्गतकोे खेलमा गोलपार्क क्रिकेट क्लब विजयी भएको छ । गोलपार्कले सैनामैना क्रिकेट क्लबलाई ४ विकेटले हराउँदै जित हात पारेको हो ।
सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सैनामैनाले निर्धारित ५० ओभरको खेलमा ४४ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर २ सय ६ रन बनायो । उसका लागि मनिष क्षेत्रीले ५३ रन बनाउँदा सुजन क्षेत्रीले २९, गणेश गौतमले २४, प्रदीप सुवेदीले २३, गोपाल शर्माले अविजित २१, गणेश गौतमले १८ र आरिफ खाँनले १४ रन जोडे । बलिङमा गोलपार्कका आषिश लोहनीले ४, अमन घिमिरे र नवजीवन क्षेत्रीले समान २–२ तथा प्रदीप भण्डारीले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको गोलपार्कले ४० ओभर १ बलमा ६ विकेट गुमाउँदै २ सय ७ रन बनाउँदै जित निकाल्यो । उसको जितमा ७० बलको सामना गरेका ईश्वर क्षेत्रीले ९३ रन बनाए । यस्तै, सन्दिप बानियाँले २८, आषिश लोहनीले १६, अमन घिमिरेले १४ र युवराज सुवेदीले नटआउट १० रनको योगदान दिए । बलिङमा सैनामैनाका सुनिल पौडेलले २ तथा गणेश गौतम, प्रदिप सुवेदी र आरिफ खाँनले समान १–१ विकेट लिए । खेलमा गोलपार्कका ईश्वर क्षेत्री प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रा.लि., बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सदस्यसमेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

≪ Previous Post

किवानिज क्लब रुपन्देहीद्वारा शैक्षिक सामाग्री वितरण र विदेशी पाहुनालाई स्वागत

Next Post ≫

१९ देशका गैरआवासीय राजदूत बसन्तपुरमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क