Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ किवानिज क्लब रुपन्देहीद्वारा शैक्षिक सामाग्री वितरण र विदेशी पाहुनालाई स्वागत
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

किवानिज क्लब रुपन्देहीद्वारा शैक्षिक सामाग्री वितरण र विदेशी पाहुनालाई स्वागत

संसारपोस्ट संवाददाता · ८ चैत्र २०८० · 0
किवानिज क्लब रुपन्देहीद्वारा शैक्षिक सामाग्री वितरण र विदेशी पाहुनालाई स्वागत
100
SHARES
ShareTweet

तिलोत्तमा । किवानिज क्लब अफ रुपन्देहीले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण र किवानिजका विदेशी पाहुनाहरुलाई स्वागत गरेको छ ।
“संसारका बाल बालिकाको सेवा” भन्ने मन्त्रसहित रूपन्देहीमा सञ्चालित क्लवले क्लवको उद्देश्य र सामाजिक उत्तरदायित्व अन्तर्गत तिलोत्तमा नगरपालिका स्थित गीर्वाण मा.वि.मा संस्कृत शिक्षा अध्ययन गर्ने बटुक (विद्यार्थी)हरूका लागि स्टेशनरी, मसलन्द तथा खाद्य सामाग्री वितरण गरेको हो भने अमेरिका एवम् मलेसियाबाट आएका किवानिजका पदाधिकारीलाई स्वागत गरेको हो ।
किवानिज क्लब अफ रूपन्देहीका अध्यक्ष मनोज आचार्यको अध्यक्षतामा सरस्वती पञ्चायतन मन्दिरमा आयोजित कार्यक्रममा क्लवले गीर्वाण मा.वि.का बटुकहरूका लागि स्टेशनरी तथा मसलन्द सामाग्री वितरण गरेको हो ।
किवानिज क्बलका सदस्य तथा पदाधिकारीहरुले उठाएको रकमबाट ३० जना बटुकहरूका लागि कपी, कलम, टुथपेष्ट, टुथब्रस, साबुन, चिउरा, सोयाबिन, दाल, पीठो, दालमोठलगायतका सामाग्री हस्तान्तरण गरिएको क्बलका निवर्तमान अध्यक्ष अमनमान श्रेष्ठले जानकारी दिनुभयो ।
सोही अवसरमा विदेशी पाहुना किवानिज अमेरिकाको न्यूयोर्क डिष्ट्रिकका लेफ्टिनेण्ट गभर्नर स्याण्डी लिउले २ सय अमेरिकी डलर (नेपाली करीब २६ हजार रूपियाँ)सरस्वती पञ्चायतन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टोपनारायण भण्डारी र कोषाध्यक्ष धर्मागत पाठकलाई हस्तान्तरण गर्नुभयो ।
क्लबका महासचिव किशोर पंगेनीको संयोजकत्व र सदस्य मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै बटुक निश्चल भट्टराईले वैदेशिक उत्पत्तिको अन्तर्राष्ट्रिय क्लब र अन्तर्राष्ट्रिय पाहुनाले वैदिक शिक्षामा गरेको लगानी उदाहरणीय भएको उल्लेख गर्नुभयो । सो अवसरमा पण्डित यज्ञमूर्ति भट्टराईको नेतृत्वमा बटुकहरूले सामूहिक स्वस्ति वाचन गेका थिए ।
त्यसअघि, क्लबले किवानिज क्लब अफ मलेसियाका पूर्व डिष्ट्रिक्ट गभर्नर सेरेना क्वेक, अमेरिकाको न्यूयोर्क डिष्ट्रिकका लेफ्टिनेण्ट गभर्नर स्याण्डी लिउ र मलेसियाका सामाजिक अभियन्ता तान आई चा लाई स्वागत गरेको छ ।
तिलोत्तमाको भलवारीमा आयोजित स्वागत कार्यक्रममा क्बलका अध्यक्ष मनोज आचार्य, पूर्व अध्यक्ष सुरज पंगेनी, दिपक भण्डारी, कोषाध्यक्ष रोमनाथ गैरे, अनुगमन संयोजक विष्णुप्रसाद भण्डारी, सदस्य रूस्तम कण्डेल, मुक्तिनाथ गैह्रे लगायतले बोल्दै किवानिज क्लब अफ रूपन्देही हालसम्म क्लवकै सदस्यहरूको योगदानबाट सञ्चालित हुँदै आएको बताउंदै आगामी दिनमा अन्तर्राष्ट्रिय सहकार्यका लागि उत्सुक रहेको बताउनु भयो ।

≪ Previous Post

डा. शेखर कोइरालाले गरे बुटवलका पेसाकर्मीसँग सुझाव सङ्कलन

Next Post ≫

ड्रिम युनिक रूपन्देही सुपरलिग : गोलपार्क ४ विकेटले विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क