बुटवल। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले समाजमा फरक फरक पेसामा आबद्ध भएका व्यक्तिहरूसँग सल्लाह सुझाव लिन सुरु गर्नुभएको छ ।
नेपाली काँग्रेसले अव लिने बाटो, निर्वाचनमा समानुपातिक प्रणाली, आर्थिक क्षेत्र सुधारलगायतका विषयमा बुधवार बुटवलमा क्रियाशील विभिन्न क्षेत्रका अगुवासँग छलफल गर्नुुुएको हो । उहाले बुटवलमा झन्डै २ घण्टा विद्यार्थी, चिकित्सक, इन्जिनियर,अधिवक्ता,उद्योगी व्यापारी, पत्रकार, प्राध्यापकलगायतसँग सुझाव लिनुभएको हो ।
सधै भाषण गर्ने कोइरालाले नेपाल चिकित्सक सङ्घले आयोजना गरेको बुद्धिजीवीसँग काँग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालाको छलफल कार्यक्रममा सबैका सुझावहरू सुन्ने,केही लिखित भए माग्ने गरेर लिनुभएको हो । उहाले यी सुझावलाई पार्टी, संसद् र सरकारलाई कार्यान्वयन गर्न दबाब दिने प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रममा नेपाली काग्रेसका नेता डा. गोविन्द पोखरेल र नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनलाई साथ राखेर पेसाकर्मीहरूसँग सुझाव लिन बस्नुभएका कोइरालाले पार्टीले लिने नीति,सरकारका काम कारबाही, निर्वाचन प्रणाली,मूलुकको पछिल्लो आर्थिक अवस्थाका विषयम बिद्यार्थी,चिकित्सक,इन्जिनियर,अधिवक्ता, प्राध्यापक,शिक्षक,उद्योगी,व्यापारी, पत्रकारलगायतको बुदागत रूपमा सुझाव लिनुभएको हो ।
कार्यक्रममा नेपाल प्राध्यापक सङ्घका पूर्व केन्द्रीय सभापति डा. बुद्ध बहादुर थापा, डा. कृष्ण खरेल, प्राध्यापक नुर जङ्ग केसी, अधिवक्ता कृष्ण पोखरले, गोबिन्द मरासिनी, जोगबहादुर खत्री, पूर्व शिक्षक तिलकराम शर्मा, लगायतले नि शुल्क शिक्षा र स्वास्थ्य नीति ल्याउनु पर्ने सुझाव दिनुभएको छ ।
यस्तै इन्जिनियर मिलन थापा, शैलेन्द्र श्रेष्ठले प्राविधिकलाई प्रयोग गर्दै नेपालमा भएका खानीको सदुपयोग गर्ने नीति ल्याउनु पर्ने सुझाव दिनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि प्रसाद अर्याल, सिद्धार्थ नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुर चन्द्र श्रेष्ठ,उद्योगी गणेशचन्द्र पोखरेल,नवराज श्रेष्ठ, चुन्नु प्रसाद पौडेल लगायतले बैक, बिमामा लगानी गर्ने र उद्योगी एउटै हुँदा स्वार्थ बाझिएको बताउनुभयो । यस्तै नेपाल किसान महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष रिता के सी , नेपाली काँग्रेस क्षेत्रीय सदस्य लक्ष्मी श्रेष्ठ, अधिकारकर्मी राधा अधिकारी लगायतले समानुपातिक निर्वाचनमा नेताको नजिक भन्दा क्षमता भएका जानु पर्ने बताउनुुुयो ।
रुपन्देहीमा नेपाली काँग्रेसका विभिन्न कार्यक्रममा सहभागी हुन आउनुुुएक डा. कोइरालालाई बुटवलमा नेपाली काँग्रेस प्रदेश सदस्य विष्णु पोखरेलले सुझाव सङ्कलन गर्ने व्यवस्थापन गर्नुभएको थियो ।
सहभागिहरुले खुला अर्थ नीति भए पनि साना उद्योगी र व्यापारी बच्चे गरी भन्सार नीति र करमा ध्यान दिनुपर्ने माग गर्दै का नेपाली काँग्रेसले पर्यटन,कृषि आदि क्षेत्रको लगानीका लागि स्पष्ट नीति ल्याउनुपर्ने सुझाव दिएका थिए ।