Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औं सभा बैठक र भवन उद्घाटनमा प्रधानमन्त्री प्रचण्ड आउंदै
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औं सभा बैठक र भवन उद्घाटनमा प्रधानमन्त्री प्रचण्ड आउंदै

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०८० · 0
लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औं सभा बैठक र भवन उद्घाटनमा प्रधानमन्त्री प्रचण्ड आउंदै
130
SHARES
ShareTweet

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले १५ औं सभाको बैठक शनिबार (१९ गते) लुम्बिनीमा गर्दैछ । प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सभाको बैठक हुन लागेको हो ।
बैठकका लागि प्रधानमन्त्री शनिबार लुम्बिनी आउनुहुनेछ । प्रधानमन्त्री दाहालले शनिबार नै लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालयको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय लुम्बिनी विकास कोष परिसरभित्र निर्माण भएको छ । झण्डै २२ करोड लागतमा बनेको भवनमा उपकुलपति कार्यालय, रजिष्ट्रार कार्यालय, अनुसन्धान केन्द्र, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको कार्यालय रहनेछ । भवनमा सुविधा सम्पन्न सभाहल निर्माण भएको छ । जसको क्षमता २ सय ५० भन्दा बढी रहेको छ ।
सभाको बैठक तथा भवन उद्घाटनका लागि विहान साढे ११ बजे प्रधानमन्त्री लुम्बिनी आउने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालय सभाका सदस्य सचिव एवं रजिष्ट्रार डा. तिलकराम आचार्यले सभाको बैठकमा वार्षिक नीति कार्यक्रम, बजेट तथा नियम कानून निर्माणका प्रस्तावहरुमा छलफल हुने जानकारी दिनुभयो । विश्वविद्यालय सभाको बैठका सहभागिताका लागि सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई शुक्रबार नै लुम्बिनी आउनुभएको छ ।
सभाको बैठकमा अन्य विश्वविद्यालयका प्रतिनिधि, राष्ट्रिय योजना आयोग, विभिन्न मन्त्रालयका सचिव, लुम्बिनी प्रदेशका प्रमुख सचिव, विकास कोषका उपाध्यक्ष, सातै प्रदेशबाट नियुक्त भएका सदस्यहरु गरी ४३ जना सहभागिता रहने विश्वविद्यालयले जनाएको छ ।
प्रधानमन्त्रीले पहिलो चरणमा कार्यालयको भवन उद्घाटन गर्ने र त्यसलगत्तै सभाको बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री आउने भएपछि लुम्बिनीमा सुरक्षा व्यवस्था मिलाइएको छ । प्रधानमन्त्री हेलिकप्टरमा लुम्बिनी आउने कार्यक्रम तय भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

≪ Previous Post

साई ग्लोबल कपः जेसिस र प्यारामाउण्ट सेमिफाइनलमा

Next Post ≫

साई ग्लोबल कपः सेमिफाइनल समिकरण पूरा, शान्ति र न्यू होराइजन ‘ए’ सेमिफाइनल प्रवेश

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क