Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ क्लोथ एण्ड फूड बैंक नेपालले बुटवलमा खोल्यो ‘क्लोथ बैंक’
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

क्लोथ एण्ड फूड बैंक नेपालले बुटवलमा खोल्यो ‘क्लोथ बैंक’

संसारपोस्ट संवाददाता · ५ फाल्गुन २०८० · 0
क्लोथ एण्ड फूड बैंक नेपालले बुटवलमा खोल्यो ‘क्लोथ बैंक’
90
SHARES
ShareTweet

बुटवल । क्लोथ एण्ड फूड बैंक नेपालले रुपन्देहीको बुटवल उपमहानगरपालिकामा क्लोथ बैंक सञ्चालनमा ल्याएको छ । केही दिन अघि मात्र बुटवल उपमहानगरपालिका रुपन्देही र क्लोथ एण्ड फूड बैंक नेपाल बीच क्लोथ बैंक सञ्चालन गर्ने संझौता भए अनुसार शनिबार औपचारिक रुपमा बुटवलमा क्लोथ बैंक सञ्चालनमा आएको हो ।

महानायक राजेश हमालको उपस्थितिमा क्लोथ एण्ड फूड बैंकको शुभारम्भ गरिएको हो ।
शुभारम्भ कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले क्लोथ बैंकमा जम्मा हुने कपडाले दुःखी र विपन्न बर्गहरुलाई न्यानो प्रदान गर्न सकिने बताउनु भयो । उहांले बुटवल उपमहानगरपालिका सवै नागरिकहरु प्रति सचेत भएको बताउंदै क्लोथ बैंक सञ्चालन पछि विपन्न र गरिव बर्गका लागि हित हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा महानायक राजेश हमालले समाज परिवर्तनका लागि युवा समूहरुले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै उक्त कार्यमा आफू संलग्न हुन पाउँदा खुशी लागेको बताउनुभयो । कुनै पनि व्यक्तिका लागि आवश्यक नभएको कपडा अरुलाई आवश्यक पर्ने भन्दै क्लोथ बैंकमा आफुलाई आवश्यक नपर्ने कपडा जम्मा गरिदिन सवैलाई आग्रह समेत गर्नुभयो ।
मानव सेवाको लागि पुरानो कपडालाइ पुन प्रयोग भन्ने मुल नाराका साथ सुरु भएको क्लोथ बैंक बुटवलका विभिन्न स्थानमा संकलनका लागि बक्स राखिने र संकलित कपडालाई पुनः प्रशोधन गरेर आवश्यकताका आधारमा वितरण गरिने क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जि.सी.ले बताउनु भयो । उहांले आगामी दुई वर्षमा कपडा विहीन मुक्त बनाउने र २०८२ सम्ममा देशभर फूड एम्बुलेन्स समेत सञ्चालन गर्ने योजना बनाएको उल्लेख गर्नुभयो । उहांका अनुसार अहिलेसम्म १५४ स्थानीय सरकार यो अभियानमा जोडिएका छन् ।
कार्यक्रममा सफल सञ्चारकर्मी एवं वरिष्ठ कलाकार दिनेश डि.सीले परोपकारी कार्य सधै मानव विकासका लागि हुने भन्दै उक्त कार्यक्रमा जोडिन सबै नगरबासीलाई आग्रह गर्नुभयो । क्लोथ बैंकमा आफ्नो घरमा भएका पुरानो कपडा हुनेहरूले दान गर्न सक्ने छन् भने आवश्यक पर्नेहरुले निशुल्क लिन सक्नेछन् । उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी आविश्कार खनालले गर्नुभएको थियो ।

≪ Previous Post

राजनीतिक नेतृत्वको इच्छा शक्तिले मात्र शिक्षा क्षेत्रमा सुधार : प्रदेश सभामुख

Next Post ≫

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार आचार्यलाई उत्कृष्ट रजिष्ट्रारको अवार्ड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क