Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ राजनीतिक नेतृत्वको इच्छा शक्तिले मात्र शिक्षा क्षेत्रमा सुधार : प्रदेश सभामुख
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राजनीतिक नेतृत्वको इच्छा शक्तिले मात्र शिक्षा क्षेत्रमा सुधार : प्रदेश सभामुख

संसारपोस्ट संवाददाता · ५ फाल्गुन २०८० · 0
राजनीतिक नेतृत्वको इच्छा शक्तिले मात्र शिक्षा क्षेत्रमा सुधार : प्रदेश सभामुख
110
SHARES
ShareTweet

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शिक्षा क्षेत्रमा आमुल परिवर्तनको लागि राजनीतिक नेतृत्वको इच्छा शक्ति आवश्यक रहेको बताउनु भएको छ ।
आज वुटवलमा आयोजित नेपाल राष्ट्रिय अभिभावक संघ लुम्बिनी प्रदेशको प्रथम अधिबेशनको उद्घाटन गर्नुहुदै सभामुख घर्तीमगरले राजनीतिक इच्छा विना कुनै पनि काम अघि वढ्न नसक्ने बताउनु भयो । शैक्षिक सुधारको लागि नेताहरुमा इच्छा शक्ति चाहिएको बताउनुहुदै उहाँले त्यसको लागि निरन्तर खबरदारी दिन आवश्यक रहेको बताउनु भयो ।
“गुणस्तरीय शिक्षाको लागि नेतृत्वको सोच कहिलै देखिएन उहांले भन्नुभयो– माथीबाटै कुरा विग्रिएको छ । राष्ट्रको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने शिक्षा नीतिको लागि सबैले संघ प्रदेशमा दवाव दिनै पर्छ ।”
प्रदेशले नेपालको परिवेश अनुसार प्रदेश शिक्षा ऐन ल्याउने प्रतिवद्धता जनाउदै उहांले संघीय सरकारले शिक्षा ऐन छिटो ल्याएमा प्रदेशलाई बाटो खुल्ने बताउनु भयो । संघको लुम्विनी प्रदेशको नेतृत्वलाई अग्रिम बधाई दिदै शिक्षा क्षेत्रको विकासको लागि राज्यलाई नै घचघचाउने र खवरदारी गरिरहने नेतृत्व नेपालको शिक्षा क्षेत्रले खोजीरहेको उहांले बताउनु भयो ।
नेपाल राष्ट्रिय अभिभावक संघसंघका प्रदेश इन्चार्ज पुर्णचन्द्र पाण्डेको अध्यक्षता, हरि प्रसाद रेग्मीको संचालनमा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष कोष बहादुर जी. सी.ले संस्कार युक्त शिक्षाको आवश्यकता रहेकाले शिक्षामा ब्यावहारिक, सीपयुक्त, नेपालको परिवेश अनुसारको शिक्षा नीति चाहिएको बताउनु भयो ।
उहाँले शिक्षा ऐन निर्माणमा नेपाल राष्ट्रिय अभिभावक संघले सरकारलाई सुझाव दिएको र ८० लाख अभिभावकको भावनालाई कसैले कुल्चिएर जान नसक्ने बताउनु भयो ।
कार्यक्रममा बरिस्ठ उपाध्यक्ष सुन्दर बाबु श्रेष्ठ, उपमहासचिव हरिभक्त महर्जन, केन्द्रिय सचिवालय सदस्य हरि प्रसाद कैरी, केन्द्रिय सदस्य पुर्णचन्द्र तिवारी, केन्द्रिय सदस्य गोबिन्द गौतम, संघका गण्डकी प्रदेश अध्यक्ष कलाधर भट्ट, निबृत रास्ट्रसेवक समाज रुपन्देहीका कोषाध्यक्ष लक्ष्मण ज्ञवाली, लुम्बिनी प्रदेशका इन्चार्ज राम बहादुर रायमाझी लगायतले गलत शिक्षा नीतिका कारण बिद्यार्थी बिदेश पलायन भएको भन्दै यसमा सधार गर्न जरुरी रहेको बताउनु भयो ।

राष्ट्रिय अभिभावक संघ लुम्बिनीमा खनाल

यसैविच नेपाल राष्ट्रिय अभिभावक संघ लुम्विनी प्रदेशको प्रथम अधिवेशनले थानेश्वर खनाल (कपिलवस्तु)को अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा देवराज मल्ल (दाङ्ग), उपाध्यक्षमा दिल कुमारी मल्ल (रुकुम पूर्व), सचिवमा हरि प्रसाद रेग्मी (रुपन्देही), सह–सचिवमा शिवकला वि.क.(अर्घाखांची), कोषाध्यक्षमा कमल भट्टराई (पाल्पा), सह–कोषाध्यक्षमा बाल कुमारी रास्कोटी (गुल्मी), रहनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा देवीराम थारु (बांके), भोज प्रसाद आचार्य (कपिलवस्तु), कमलप्रसाद घिमिरे (अर्घाखांची), विनवहादुर गौतम (गुल्मी), तुलाराम खड्का (रोल्पा) र खड्ग बहादुर कौसल ( रुपन्देही) चयन हुनु भएको निर्वाचन अधिकृत मेघराज खनालले जानकारी दिनु भयो । केही सदस्य पछी थप गर्ने बताईएको छ ।
त्यसैगरी अधिबेशनले तिन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । नव निर्वाचित सचिव हरि प्रसाद रेग्मीका अनुसार सल्लाहकार समितिमा तेजवहादुर गौतम, भोज प्रसाद पाण्डे र जस्मिन पौडेल रहनु भएको छ ।
नवनिर्वाचित पदाधिकारीहरुलाई संघका केन्द्रिय अध्यक्ष कोष बहादुर जी.सीले सपथ ग्रहण गराउनु भयो भने निर्वाचन समितिका अधिकृत मेघराज खनालले प्रमाणपत्र र बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक, कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापा लगायतले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई वधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

≪ Previous Post

पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा नयाँ नेतृत्व चयन, अध्यक्षमा टिकाराम गौतम

Next Post ≫

क्लोथ एण्ड फूड बैंक नेपालले बुटवलमा खोल्यो ‘क्लोथ बैंक’

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क