Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सदुपयोग सहकारीको १२ औं स्थापना दिवसमा सहकारी शिक्षा तालिम
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सदुपयोग सहकारीको १२ औं स्थापना दिवसमा सहकारी शिक्षा तालिम

संसारपोस्ट संवाददाता · २४ माघ २०८० · 0
सदुपयोग सहकारीको १२ औं स्थापना दिवसमा सहकारी शिक्षा तालिम
90
SHARES
ShareTweet
तिलोत्तमा । सदुपयोग बचत तथा ऋण सहकारी सस्था लिमिटेड तिलोत्तमा २ रुपन्देहीले सहकारीको १२ औं स्थापना दिवसको अवसरमा एक दिने सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ ।
सहकारीका सदस्यहरुको कार्यक्षमता र कार्यदक्षता बृद्धि गर्नका लागि सहकारी सस्थाले तालिमको आयोजना गरेको हो ।
सहकारी शिक्षा तालिमक उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका सहकारी शाखाका पुर्व प्रमुख कृष्ण पान्डेले तालिमले सहकारीका सदस्यहरुको व्यक्तित्व विकास हुनुको साथै कार्यक्षमता तथा  कार्यदक्षताको विकास सङ्गै  आइपर्ने  समस्या समाधान गर्ने क्षमताको विकास हुने बताउनु भयो । उहाले सहकारीको सदस्य बन्दा स्थानिय स्तरमा दर्ता भएका सहकारीमा मात्र बन्न र बाहिरी जिल्ला बाट आएका सहकारीको सदस्य नबन्न सुझाव दिनु भयो ।
सदुपयोग सहकारीका अध्यक्ष कमल अर्यालले सहकारीका शेयर सदस्यहरुलाइ  समयानुसार नया नया प्रविधिहरुको प्रयोग गर्दै बैज्ञानिक विश्लेषणात्मक दृष्टिकोण राख्न सक्ने वनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनु भयो ।  सहकारीका पदाधिकारी , कर्मचारी तथा सदस्यहरु प्रशिक्षित भइ कार्यक्षमता अभिबृद्धि गरेमा मात्र संस्था संचालनमा सहजता आउने र सहकारी क्षेत्रको भविश्य समेत उज्वल हुने आवश्यक्ता महशुस गरेर सहकारीले पहिलोपटक तालिमको आयोजना गरेको अध्यक्ष अर्यालले बताउनु भयो ।
कार्यक्रममा सहकारी सस्थाका सल्लाहकार कर्ण बहादुर टन्डन, गोपाल कार्की, खिमानन्द भट्टराई, कालिका अधिकारी, उपाध्यक्ष नारायणी शर्मा, सचिव प्रकाश चापागाइ, सदस्य राधिका बश्याललगायतले बोल्दै तालिममा सिकेका कुराहरुलाइ ब्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
सहकारी सस्थाका ४० जना महिला सदस्यहरु सहभागी रहेको सहकारी शिक्षा तालिममा सहकारी प्रशिक्षक मुकुन्द ज्ञवालीले सहकारिका पदाधिकारी, सदस्य,  शेयर सदस्य तथा ब्यास्थापकको काम, कर्तब्य, दायित्व र अधिकारलगायतका बिषयमा सहजिकरण गर्नुभएको थियो ।
≪ Previous Post

लुम्बिनी केबलकारको टिकटमा ५० प्रतिशत छुट

Next Post ≫

शान्ति नमुना माविको बार्षिकोत्सवमा विभिन्न प्रतियोगिता सम्पन्न

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क