Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी केबलकारको टिकटमा ५० प्रतिशत छुट
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी केबलकारको टिकटमा ५० प्रतिशत छुट

संसारपोस्ट संवाददाता · २४ माघ २०८० · 0
लुम्बिनी केबलकारको टिकटमा ५० प्रतिशत छुट
60
SHARES
ShareTweet
बुटवल । बुटवल र पाल्पा जोड्ने गरी बनेको लुम्बिनी केबलकारले प्रणय दिवस (भ्यालेन्टाइन डे) लाई लक्षित गरी टिकट दरमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
कम्पनीले माघ २४ गतेदेखि फागुन २ गतेसम्म केबलकारको दुई तर्फी यात्राको टिकट दर पांच सय रुपैयां मात्र कायम गर्ने घोषणा गरेको हो ।
केबलकारका अपरेसन म्यानेजर दिल्लीनारायण कायस्थ सैंजूले प्रणय दिवसलाई लक्षित गरेर भ्यालेन्टाइन अफर ल्याइएको बताउनु भयो। नेपालीसंगै भारतीय नागरिकलाई पनि टिकट दरमा ५० प्रतिशत छुट गरिएको उहाले बताउनु भयो । कम्पनीले यसअघि ल्याएको ‘मर्निङ अफर’ र दशैं तिहार लक्षित चाडपर्व अफरले आन्तरिक र वाह्य पर्यटकलाई आकर्षित गरेको हुंदा भ्यालेन्टाइन अफरले विशेष गरी युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीको विश्वास रहेको सैंजूले बताउनु भयो ।
 केबलकारको टिकट दर रु एक हजार कायम गरिएपनि सञ्चालनमा आएसंगै नेपालीका लागि ७५० रुपैयां कायम छ ।  बुटवलको गोलपार्क बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका बसन्तपुरमा टप स्टेशन रहेको २.६ किलोमिटर दूरीको केबलकार गत जेठ १५ गतेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको थियो । आठ महिनामा करिब दुई लाख पर्यटक केबलकारको यात्रा गरी पाल्पाको बसन्तपुर पुगेका कम्पनीले जनाएको छ ।
डेढ दशकअघि प्रक्रिया अघि बढे पनि लगानी अभाव लगायत विभिन्न कारणले काम अघि बढ्न नसकेको कूल ५ अर्ब लागतको आयोजना आईएमई ग्रुपले नेतृत्व लिएपछि १४ महिनामै निर्माण सम्पन्न भएको थियो ।
कम्पनीले प्रत्येक टिकट दरको एक–एक प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई स्थानीय कर वापत दिंदै आएको छ ।
टिकटदरमा बुटवलको वडा नम्बर ३ र तिनाउ गाउंपालिकाको वडा नम्बर ३ का बासिन्दा, अपांगतासहित फरक क्षमता भएका नागरिक र ३ देखि ४ फिट उचाई भएकालाई ५० प्रतिशत छुट, विद्यार्थी र  ७० वर्षदेखि ८० वर्ष सम्मका जेष्ठ नागरिकलाई ४० प्रतिशत तथा ३ फिट भन्दा कम उचाईका बच्चा र ८० वर्ष माथिका जेष्ठ नागरिकलाई नि:शुल्क गरिएको छ ।
२५ वटा गोण्डोला (यात्रु बस्ने डिब्बा) रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ ।
केबलकारको टप स्टेशनमा रेष्टुरेण्ट, जीप लाइन, सेल्फी जोन सञ्चालनमा आइसकेका छन् भने स्काई साइक्लिङ, विद्युतीय पिङ, बाल उद्यान निर्माणको चरणमा छन् । त्यस्तै २ वर्षभित्र एक सय ५० कोठा, १ हजार जना क्षमताको बैंक्वेट हल र क्यासिनो सहित साढे ३ अर्ब लागतमा पाँचतारे होटेल बनाउने योजना छ ।
करिब १ सय जनालाई रोजगारी दिएको कम्पनीले पाँचतारे होटल सञ्चालनमा आउँदा थप ५ सय बढीलाई रोजगारी दिन सक्नेछ । आईएमई समूहले सञ्चालनमा ल्याएको यो तेस्रो केबलकार हो ।
≪ Previous Post

देवदह मेलाको तयारी अन्तिम चरणमा, एक सय पचासबढी स्टल दर्ता

Next Post ≫

सदुपयोग सहकारीको १२ औं स्थापना दिवसमा सहकारी शिक्षा तालिम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क