Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ देवदह मेलाको तयारी अन्तिम चरणमा, एक सय पचासबढी स्टल दर्ता
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

देवदह मेलाको तयारी अन्तिम चरणमा, एक सय पचासबढी स्टल दर्ता

संसारपोस्ट संवाददाता · २४ माघ २०८० · 0
देवदह मेलाको तयारी अन्तिम चरणमा, एक सय पचासबढी स्टल दर्ता
100
SHARES
ShareTweet

देवदह । रुपन्देहीको देवदहमा संचालन हुन लागेको आठौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

देवदह उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा माघको २५ गतेदेखि फागुन ८ गतेसम्म संचालन हुन थालेको महोत्सवको सबै तयारी अन्तिम चरणमा पुगेको हो । महोत्सवमा प्रवेशद्वार, सचिवालय, बाल उद्यान, स्टल निर्माण लगायतको निर्माणकार्य अन्तिम चरणमा पुगेको मेला आयोजक मुल समितिका संयोजक तथा बाणिज्य संघका अध्यक्ष हरि भण्डारीले जानकारी दिनुभयो । उहाँले अहिलेको मेलालाई विशेष बनाउने अभियान अन्तरगत महोत्सवका लागि आवश्यक तयारीहरु पुरा भएको र अन्तिम चरणमा पुगेको बताउनुभयो । मेलामा गुरुङ, मगर समुदायको कुडुले घर, सेल्फी जोन, पाँच फिटको बुद्धमुर्ति लगायतका आकर्षणहरु राखिने जानकारी दिनुभयो ।

मेलाका लागि अहिलेसम्म १५० वटा स्टल दर्ता भई सकेको र होटल, कृषि, विद्यालयका विज्ञान प्रर्दशनी स्टल लगायतका अन्य गरि दुई सय बढि स्टलहरु रहने छन ।  मेलाको एक लाख दर्शकले अवलोकन गर्नेे र दश करोड बरावरको कारोवार हुने लक्ष्य आयोजकले लिएका छन ।  मेला सम्पन्न गर्दासम्म १० लाखबढी खर्च लाग्ने अनुमान गरिएको छ । बिहीबारदेखि लाग्ने मेलाको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री राजु खनालले उद्घाटन गर्नु हुने छ ।
यस्तै मेलाको सांस्कृतिक कार्यक्रम अन्तरगत अन्यमा डान्सिङ्ग आईडल, अन्तर विद्यालय लोकगीत/लोकनृत्य प्रतियोगिता, कपल डान्स प्रतियोगिता, अन्तर आमा समुह लोकगित प्रतियोगिता, फ्रि–स्टाईल थ्री मिनेट प्रतियोगिता, अन्तर टोल विकास संस्था डोरी तान्ने प्रतियोगिता लगायतका कार्यक्रमहरु हुने छन् ।  देवदह मण्डपमा फागुन ८ गतेसम्म चल्ने महोत्सवमा कृषि तथा विज्ञान प्रदर्शनी, बाल उद्यान, विशेष देवदह टुर प्याकेज, योग शिविर, पर्यटकीय स्थलहरुको जानकारी दिन सूचना केन्द्र, विभिन्न जातजातिहहरुको संस्कृति झल्किने गरी भेषभुषाको झाँकी प्रदर्शन तथा खाना महोत्सव लगायतका गतिविधिहरु महोत्सवका आकर्षणका रुपमा रहने मेला सचिवालय संयोजक विष्णु न्यौपालेले जानकारी दिनुभयो ।

त्यसैगरी यसपटकको मेलामा अहिले सम्मकैबढी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागिता रहने पनि आयोजकले बताएका छन् । मेलामा गायक राजु परियार, आशिष राना लाहुरे, ज्योती मगर, प्रकाश दुतराज, एलिना चौहान, टंक तिमिल्सिना, अनु चौधरी, रचना रिमाल, पशुपति शर्मा, बद्रि पंगेनी, इन्द्रेणी समुह, दुर्गेश थापा, शान्ति श्री परियार, शिला आले, रमेश प्रसाई, रमेश राज भट्टराई, पुस्कल शर्मा, पुर्गेङ्ग दोङ, नृत्य बन्दना विश्वकर्मा, आरुसी मगर, नारायणी खत्री लगायतका राष्ट्रियसँगै दर्जनौ स्थानीय कलाकारहरुको प्रस्तुती रहने संघले जनाएको छ । मेलामो पुर्व सन्ध्यामा माघ २५ गते विहिबार बिहान साढे दश बजे देवदह लौकेश्वर मन्दिरबाट मेला स्थलसम्म विभिन्न भेषभुषा झाँकी सहितको ¥याली निकालिने र उक्त ¥याली देवदह मण्डपमा पुगेर समापन हुने मेला सहसंयोजक मिना श्रेष्ठले जानकारी दिनुभयो ।

≪ Previous Post

बुटवलमा ‘बा आमासँग नगर प्रमुख कार्यक्रम’: १ सय १० वर्षकी ऐरावतीको स्वास्थ्य जाँचेर शुरुवात

Next Post ≫

लुम्बिनी केबलकारको टिकटमा ५० प्रतिशत छुट

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क