बुटवल, ४ जेठ । रुपन्देहीको देवदह नगरपालिकामा नेकपा एमालेले जितेको छ । यसअघि २०७४ सालको निर्वाचनमा देवदहमा मेयर कांग्रेस र उपमेयरमा एमालेले जितेको थियो ।
अहिलेको निर्वाचनमा परिणाम उल्टिएको छ । मेयरमा एमालेका ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका छन् । निर्वाचन कार्यालयले निर्वाचित भएको आधिकारिक घोषणा भने गरेको छैन । यहाँ ५०० मत गन्न बाँकी छ भने एमाले उम्मेदवारले १४०० बढि मतले अग्रता लिएका छन् ।