Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ एमालेले अघि सारेका योजना सम्पन्न गर्न एमालेले नै जित्नुपर्छ : एमाले उपाध्यक्ष पौडेल
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एमालेले अघि सारेका योजना सम्पन्न गर्न एमालेले नै जित्नुपर्छ : एमाले उपाध्यक्ष पौडेल

संसारपोस्ट संवाददाता · २४ बैशाख २०७९ · 0
एमालेले अघि सारेका योजना सम्पन्न गर्न एमालेले नै जित्नुपर्छ : एमाले उपाध्यक्ष पौडेल
130
SHARES
ShareTweet

बुटवल, २४ बैशाख । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले एमालेले अघि सारेका योजना सम्पन्न गर्न एमालेले नै जित्नुपर्ने बताएका छन् । विरोधीहरुले विकासे आयोजनामा पनि राजनीति गरेर अबरुद्ध गर्न सक्ने आशंका ब्यक्त गर्दै उनले राष्ट्रिय योजनाका काम सम्पन्न हुंदा बुटवल एक नमुना शहर बन्ने दाबी गरे ।
उनले बुटवलमा नेकपा एमालेका उमेदवारहरुको जित सुनिश्चित भैसकेको पनि बताए । ‘चुनाव जितिन्छ भन्ने कुरामा समस्या छैन, तर कुन ढंगले जित हुन्छ भन्ने मात्रै बांकी हो’–उनले भने ।
बुटवलमा शनिवार भएको गठबन्धनको सभालाइ इंगित गर्दै उनले एजेण्डा बिनाको सभाको कुनै अर्थ नरहेको टिप्पणि गरे । प्ुरा गठबन्धन एकातिर र एमाले अर्कोतिर लडाइमा रहेता पनि गठबन्धनले एमालेलाई हराउन नसक्ने बताए ।
नेकपा एमाले बुद्धिजीवी तथा पेशागत निर्वाचन परिचालन कमिटीको आयोजनामा भएको भेलालाई सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य लिला गिरीले अहिले सम्मको अनुमानमा प्रदेशका धेरै पालिकामा एमालेको जित निश्चित भएको बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवार बाबुराम भट्टराई र सावित्रादेवी अर्यालले पनि बोलेका थिए ।
भेलामा सहभागि एमाले पक्षका बुद्धिजीविहरुले बुटवलको विकास र सम्मृद्धिका लागि नेकपा एमालेका उम्मेदवारहरुलाई मत दिने प्रतिबद्धता जनाएका छन् । बुटवलमा सञ्चालित राष्ट्रिय र अन्तरराष्ट्रिय महत्वका पूर्वाधारहरु एमालेकै नेतृत्वमा अघि बढिरहेकाले ती आयोजनाहरु सम्पन्न गर्नका लागि पनि उपमहानगरपालिकामा एमालेकै नेतृत्व जरुरी रहेको उनीहरुको निष्कर्ष छ ।
बुद्धिजिवी आरसी आचार्यले विगत १० वर्ष यता बुटवल र आसपासमा भइरहेका पूर्वाधार निर्माणले यसलाई मुलुककै नमुना शहरको रुपमा विकास गरिरहेको प्रतिक्रिया दिनुभयो । बुद्धिजिवी तेजप्रसाद कंडेलले नेकपा एमालेले निर्माण गरेका गौरवका संचरनालाई अरु पार्टीहरुले अस्पताल वा अन्य संरचनामा परिणत गर्ने घोषणा गरेर आम नागरिकलाई चिन्तित तुल्याएकाले निर्माण सम्पन्न भएका र निर्माणाधिने संरचनाहरुको सही सदुपयोगका लागि बुटवलमा एमालेको विकल्प खोज्न नहुने बताउनुभयो ।
बुद्धिजिवी बसन्तराज खनालले बुटवलको शिक्षा र स्वास्थ्यको विकासका लागि नेकपा एमालेको योगदानलाई बुद्धिजिवीहरुले विर्सिन नहुने धारणा राख्नुभयो ।

≪ Previous Post

सिद्धार्थनगर एमालेको प्रतिबद्धता : पत्रकार र सञ्चार गृहको प्रबद्र्धन

Next Post ≫

गठबन्धन राष्ट्रिय आवश्यकता हो, गठबन्धनप्रति सबै प्रतिवद्ध बनौं : प्रधानमन्त्री देउवा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क