भैरहवा, २४ बैशाख । पत्रकार र सञ्चार गृहको प्रबद्र्धनका लागि नेकपा एमाले सिद्धार्थनगरले बृहत योजनाका साथ काम गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।
नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीको स्थानीय निर्वाचन २०७९ को प्रतिबद्धता पत्रमा सञ्चार क्षेत्रमा काम गर्ने पत्रकारलाई सम्मान गर्ने देखि सुरक्षा संरक्षणमा बिशेष ध्यान दिने उल्लेख गरेको छ ।
नेकपा एमालले स्थानीय निर्वाचन २०७९ को प्रतिबद्धता पत्रको पेज नं ६ मा छैठौँ बूँदामा सिद्धार्थनगरमा प्रधान कार्यलय रहेका सञ्चार गृहको संरक्षण÷प्रबद्र्धनका लागि विशेष योजना ल्याइने एमालेले प्रतिबद्धता पत्रमा घोषणा गरेको छ ।
त्यसैगरि सिद्धार्थनगर नगरपालिकाले स्थापना गरेको पत्रकारिता अक्षय कोष बढाएर ५ वर्ष भित्र ५० लाख पुर्याउने प्रतिबद्धता ब्यक्त गरेको छ ।
नेकपा एमाले सिद्धार्थनगरबाट मेयरका उम्मेदवार डाक्टर राम प्रसाद बस्याल र उप मेयरका उम्मेदवार उमा अधिकारी हुन् । डाक्टर राम प्रसाद बस्यालले निर्वाचनमा नेकपा एमालेलाई मत दिन आग्रह गर्दै एमालेले गरेका बाँकि विकासका कामहरु पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
भैरहवामा रहेको लुम्बिनी प्रेस क्लवको सहकार्यमा पत्रकारिता प्रशिक्षण प्रतिष्ठानको लागि जग्गा ब्यवस्था गरिनुका साथै उत्कृष्ट पत्रकारलाई सम्मान गरिने नेकपा एमालेले प्रतिबद्धता ब्यक्त गरेको छ । नेकपा एमालेले २०७४ सालको स्थानीय निर्वाचनमा मेयर उपमेयर सहित बहुमत अध्यक्ष र सदस्य जितेको थियो ।