Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एमाले अध्यक्ष ओली राजनीतिक स्थिरता खलबल्याउने नायक : रामचन्द्र पौडेल
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

एमाले अध्यक्ष ओली राजनीतिक स्थिरता खलबल्याउने नायक : रामचन्द्र पौडेल

संसारपोस्ट संवाददाता · २४ बैशाख २०७९ · 0
एमाले अध्यक्ष ओली राजनीतिक स्थिरता खलबल्याउने नायक : रामचन्द्र पौडेल
100
SHARES
ShareTweet

‘एमालेलाई स्थानीय तहको चुनावमै रोकेर तालिम दिनुपर्छ’
बुटवल, २४ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओली राजनीतिक स्थिरता खलबल्याउने नायक भएको आरोप लगाएका छन् ।
एमालेले संसद विघटन गरेर अस्थिरता ल्याएकाले उसलाई स्थानीय तहको चुनावबाटै रोक्नुपर्ने भन्दै नेता पौडेलले भने–‘ओली र उनका अनुयायीलाई स्थानीय, प्रदेश र संघ गरेर तीनै तहका चुनावमा पराजित गर्नुपर्ने छ ।’
ओलीकै कारण संसद, अदालत र संवैधानिक निकायमा अस्थिरता निम्तिएको भन्दै नेता पौडेलले एमालेलाई स्थानीय तहको चुनावमै रोकेर तालिम दिनुपर्ने बताए ।
तत्कालीन राजा महेन्द्र र ज्ञानेन्द्रले जस्तै राष्ट्रवादको नाममा औलीले प्रतिगमन गरेर ठगेको आरोप लगाएंदै नेता पौडेलले भने–‘दिउँसो चुच्चे नक्सा देखाउने राति भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त गोयलसँग लम्पसार पर्ने ।’
नेता पौडेलले बुटवलका लागि जनताको घर घरमा पुग्ने, अस्पतालको बेड बेडमा पुग्ने सबैको अगाडि सजिलै उपलब्ध हुने गठबन्धनका उम्मेदवार खेलराज पाण्डे जस्तै मेयर चाहिएको बताए ।
सभामा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गफ भन्दा कामका पछि लाग्न आग्रह गर्दै गठबन्धनलाई जिताउनुपर्ने बताए । केन्द्रीय सदस्य बालकृष्ण खाँणले गठबन्धन नै अहिलेको आवश्यकता रहेको बताए ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको सभापतित्वमा भएको चुनावी सभामा नेकपा समाजवादी नेतृ रामकुमारी झाँक्री, राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रेश्मिराज नेपाली, माओवादीका स्थायी कमिटी सदस्य चक्रपाणि खनाल (बलदेब), जनता समाजवादीका नेता नवराज सुवेदी, मेयरका उम्मेदवार खेलराज पाण्डे, उपमेयरका उम्मेदवार चीनबहादुर गुरुङ, माओवादी रुपन्देही प्रमुख निर्मल जिसी, कांग्रेस नेता युवराज गिरीलगायतले आआफ्ना धारणा राखेका थिए ।

≪ Previous Post

गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस सभापति देउवाको आग्रह

Next Post ≫

एमालेले तिलोत्तमामा विपन्न वर्गलाई निःशुल्क कानुनी परामर्श

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क