Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सबै दल गरिबी नियन्त्रणमा लाग्नुपर्छ, कांग्रेसले यही मुद्दा बोकेको छ : खाँण
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

सबै दल गरिबी नियन्त्रणमा लाग्नुपर्छ, कांग्रेसले यही मुद्दा बोकेको छ : खाँण

संसारपोस्ट संवाददाता · २४ बैशाख २०७९ · 0
सबै दल गरिबी नियन्त्रणमा लाग्नुपर्छ, कांग्रेसले यही मुद्दा बोकेको छ : खाँण
120
SHARES
ShareTweet

तिलोत्तमा, २४ बैशाख । नेपाली कांग्रेसका तर्फबाट रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदका उम्मेद्वार रामकृष्ण खाँणले अब राजनीतिक दलहरू देशमा रहेको गरिबी नियन्त्रणमा लाग्नुपर्ने बताएका छन् । उनले नेपालमा धेरै जनता गरिबीको रेखामुनि रहेको अवस्थामा नेपालका राजनीतिक दलहरूले यो मुद्दामा काम गर्नुपर्ने बताए ।
नेपाली कांग्रेस तिलोत्तमा ३ ले शनिवार बिहान आयोजना गरेको उम्मेदवारहरुसंगको छलफल तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रूपन्देही सभापति समेत रहेका मेयर पदका उम्मेदवार खाँणले अब राजा फर्काउने लगायतका अन्य मुद्दाहरूको कुनै काम नभएको तर्क गरे । उनले भने–‘हामीले राणा फाल्यौँ, पञ्चायत फाल्यौँ, राजसंस्था फाल्यौ, अब राजाका मुद्दा बोकेर केही फाइदा छैन्, जनताका आवश्यकताका मुद्दा बोक्नुपर्छ, यो काम कांग्रेसले मात्रै गर्छ, म मेयरको उम्मेदवार हुँदा पनि यो मुद्दालाई नै बोकेर अगाडि बढेको छु ।’
२०७४ सालको निर्वाचन पछि एमाले नेतृत्वको सरकार तीनै तहमा बनेपनि कुनै काम हुन नसकेको बताउँदै उ नले अब कांग्रेसलाई पहिलो पार्टी बनाउन आग्रह गरे । नेपाललाई गरिबीको रेखामुनि जान नदिन कांग्रेसले निकै पहल गरेको बताउँदै अब एकपटक तीनै तहमा कांग्रेसको सरकार बनेर पहिलो पार्टि हुने बताए ।
उनले आफूले जितेसँगै गरिबीको रेखामुनि रहेका ब्यक्तिहरूको तथ्यांक संकलन गरि गरिबी हटाउने खालका कामहरू गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले तिलोत्तमा तथा देशका धेरै स्थानमा गठबन्धन रहेको बताउँदै गठबन्धनलाई पूर्णरुपमा पालना गर्दै सबै उम्मेदवारहरूलाई बिजयी बनाउन आग्रह गरे ।
नेपाली कांग्रेस तिलोत्तमा ३ का सभापति केशरी पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेता तथा पूर्व वडाअध्यक्ष उदय बहादुर गुरुङ, नेपाली कांग्रेस तिलोत्तमा ३ का सचिव दिनेश सुबेदी लगायतले सबै एकजुट भएर गठवन्धनका उम्मेदवारहरुलाई विजयी वनाउनु पर्ने बताउनु भयो ।
७१ जना एमाले छाडेर कांग्रेस प्रवेस
तिलोत्तमा नगरपालिका ३ मा ७१ जना युवायुवतीहरू नेकपा एमाले सहितका पार्टी छाडेर नेपाली कांग्रेस प्रवेस गरेका छन् । नेपाली कांग्रेसले देश बदल्ने योजना सहित अगाडि बढेको र तिलोत्तमामा सर्वोत्कृष्ट घोषणापत्र सहित उम्मेदवारहरु घरदैलोमा आएकोले नेपाली कांग्रेसमा प्रवेस गरेको नवप्रवेसीहरूले बताएका थिए ।
नवप्रवेसीहरुलाई तिलोत्तमा नगरपालिकाका मेयर पदका उम्मेदवार एवं नेपाली कांग्रेस रूपन्देही सभापति रामकृष्ण खाँण र वडा सभापति केशरी पाण्डेले पार्टी सदस्यता दिँदै पार्टि प्रवेस गराएका हुन् । सो अवसरमा उम्मेदवार खाँणले युवापुस्ताहरुको रोजाईको पार्टी कांग्रेस भएको बताउँदै नव प्रवेसीहरुलाई पार्टीमा पुरानै कार्यकर्ता सरहको ब्यहार र समान अवसर प्रदान गरिने बताए । उनले स्थानीय तह निर्वाचनमा गठवन्धनका उम्मेदवारहरुलाई विजयी वनाउन आग्रह गरे ।

 

≪ Previous Post

तिलोत्तमा–६ लाई नमुना वडाका रुपमा विकास गर्छु : गणेश पाठक

Next Post ≫

गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस सभापति देउवाको आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क