बुटवल, २४ वैशाख । गृहमन्त्री बालकृष्ण खाँणले गृह जिल्ला रुपन्देहीमा निजी सवारी साधन प्रयोग गरेका छन् । निर्वाचनमा राज्यसत्ताको दुरुपयोग भइरहेकाबेला गृहमन्त्री खाँणले गृहजिल्ला आएका बेला निजी गाडी चप्रयाृेग गरेका हुन् ।
शुक्रबार निर्वाचनको तयारी र शान्ति सुरक्षाको अवस्था बुझ्न र आमसभाका लागि गृह जिल्ला रुपन्देही आएका गृहमन्त्री खाँणले निर्वाचन आचारसंहिताको पालना गर्दै निजी सवारी साधन प्रयोग गरेका हुन् ।
उनले बा ११च ९४९४ नम्बरको निजी सवारी साधन प्रयोग गरेको स्वकीय सचिव बिजेश न्यौपानेले जानकारी दिए । प्रधानमन्त्री, संघीय सरकार र प्रदेशका मन्त्रीहरू र स्थानीय तहका जनप्रतिनिधिहरूले भने सरकारी सवारी साधनकै प्रयोग गरेर चुनाव प्रचार गरिरहेका छन् ।