Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ लैङ्गिक हिंसा मुक्त नगरका लागि एमाले उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

लैङ्गिक हिंसा मुक्त नगरका लागि एमाले उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह

संसारपोस्ट संवाददाता · २४ बैशाख २०७९ · 0
लैङ्गिक हिंसा मुक्त नगरका लागि एमाले उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह
110
SHARES
ShareTweet

बुटवल, २४ वैशाख । लैङ्गिक हिंसा मुक्त नगरका लागि एमाले उम्मेदवारका पक्षमा मतदान गर्न एमाले पक्षका महिलाहरुले आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट बुटवल उपमहानगरको प्रमुख तथा उपप्रमुख पदका उम्मेदवार तथा वडाका उम्मेदवारलाई विजयी बनाउन ती महिलाहरुले आग्रह गरेका हुन् ।
बुटवल– १३ मा आयोजित एमाले पक्षका महिलाहरुको वडाभेलामा बोल्ने महिलाहरुले अघिल्लो निर्वाचनमा वडाको नेतृत्व कमजोर हुँदा विकासका काम अघि बढ्न नसकेकाले अहिले जसरी पनि जित हासिल गर्ने बताए । यो निर्वाचनमा वडाका उम्मेदवारले फराकिलो मतान्तरले जित हासिल गर्ने वातावरण तयार भएको उनिहरुको भनाइ छ ।
भेलामा बोल्दै एमालेका केन्द्रीय सदस्य तथा बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले लैङ्गिक हिंसामुक्त नगरका लागि रणनीति बनाएर काम अघि बढाइएकाले त्यो कार्य पुरा गर्न एमाले नेतृत्व आवश्यक रहेको बताउनुभयो ।
उहाँँले महिला सशक्तीकरणका लागि युवा तथा महिलाहरुलाई सीपमूलक तालीम प्रदान गरी उद्यमी बनाउने, मातृ शिशु सुरषाका लागि गर्भवती तथा सुत्केरी भेटघाट, गर्भवती महिला निःशुल्क प्रयोगशाला सेवा जस्ता कार्यक्रमहरु सञ्चालन भएको जानकारी गराउँदै अबका दिनमा यसलाई निरन्तरता दिन जरुरी रहेको उल्लेख गर्नुभयो ।
भेलामा बोल्दै वडाध्यक्ष पदका उम्मेदवार शोभाखर पोखेरेलले वडाबासी महिलाहरुको चाहना र आवश्यकता बुझेर वडा सहित उपमहानगरलाई लैङ्गिकमैत्री बनाउन भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो ।
भेलामा वडा सदस्य पदका उम्मेदवार ध्र्रुब थापा, मन्दिरादेवी गौडेल, कृष्णा सुनार, दलबहादुर थापाले महिला अधिकार र शसक्तीकरणका लागि भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो ।
भेलामा एमालेका नेताहरु पुरुषोत्तम घिमिरे, मञ्जु बस्नेत, रिता घिमिरे, शान्ता घिमिरे लगायतले बोल्दै वडा तथा नगरको विकासका लागि एमाले उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।
वडा नं १३ मा एमालेले जनमुक्तीसँग सहकार्य गरेको छ । जनमुक्तीका तर्फबाट दलबहादुर थापा उम्मेदवार हुनुहुन्छ ।

≪ Previous Post

तिलोत्तमाका जनताको सेवक भएर कामगर्ने मौका दिनुहोस्

Next Post ≫

निर्वाचनको तयारी र शान्ति सुरक्षाको अवस्था बुझ्न गृह जिल्ला आएका गृहमन्त्री खाँणले प्रयोग गरे निजी सवारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क