Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ऐतिहासिक बटौलीलाई पर्यटकीय गन्तव्य बनाउने गठबन्धनको योजना
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

ऐतिहासिक बटौलीलाई पर्यटकीय गन्तव्य बनाउने गठबन्धनको योजना

संसारपोस्ट संवाददाता · २४ बैशाख २०७९ · 0
ऐतिहासिक बटौलीलाई पर्यटकीय गन्तव्य बनाउने गठबन्धनको योजना
70
SHARES
ShareTweet

बुटवल । बुटवलको ऐतिहासिक ‘बटौली बजार’लाई पर्यटकीय गन्तव्य बनाउने नेपाली काँग्रेससहितको सत्ता गठबन्धनले योजना अगाडि सारेको छ । आसन्न स्थानीय तह निर्वाचनमा दर्बिलोसंग होमिएको गठबन्धनले बटौली नामले पहिचान बनेको पुरानो बुटवलको ऐतिहासिक महत्वलाई आत्मसात गर्दै त्यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा बिकास गर्ने योजना अगाडि सारेका हो ।
अंग्रेजलाई हराएको जीतगढी किल्लाको संरक्षण, त्यसको एतिहासिक महत्व झल्किने बृत्तचित्र निर्माण गर्ने र विश्वबजारमा प्रचारप्रसार गरी अन्तर्राष्ट्रिय पर्यटक आकर्षण गर्ने आफूहरुको योजना रहेको नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति समेत रहेका गठबन्धनको तर्फबाट बुटवलका मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले जानकारी गराउनु भयो ।
मेयर उम्मेदवार पाण्डेयसहित गठबन्धनका उम्मेदवारहरुले शुक्रबार बुटवल वडा नं. १ मा घरदैलो गरेका थिए । ऐतिहासिक ‘बटौली’ बुटवल उपमहानगरपालिकाकाले वडा नं. १ हो । सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको तर्फबाट बुटवल उपमहानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका खेलराज पाण्डे र उपमेयर पदमा एकीकृत समाजवादीका चिनबहादुर गुरुङ उम्मेदवार हुनुहुन्छ ।
त्यस अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अब्दुल रज्जाकले गठबन्धनका दललाई मत दिएर जिताउन त्यस क्षेत्रका मतदातासंग आग्रह गर्नुभएको छ । उहाँले अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताएको प्रतिफल नमिठो भएको बताउँदै विकासको उदाहरण हेर्नको लागि पनि अहिले काँग्रेसको नेतृत्वमा बनेको गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभएको हो । काँग्रेस रुपन्देहीका निवर्तमान सभापति समेत रहेका नेता रज्जाकले बुटवलको लागि बस्तीबस्ती र मनमनमा भिजेका व्यक्तिलाई मेयरको उम्मेदवार बनाएको बताउँदै त्यस्ता उम्मेदवारलाई जिताउँदा पछि पछुताउन नपर्ने पनि दावी गर्नुभयो ।
घरदैलोमा मेयर उम्मेदवार पाण्डेयले पुरानो बुटवल (बटौली)को ऐतिहासिकतालाई जगेर्ना गरी सम्पदा क्षेत्रको रुपमा बिकसित गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै उहाँले त्यस क्षेत्रको आयआर्जनलाई वढोत्तरी गर्नेगरी पर्यटन उद्योग÷व्यवसाय सञ्चालनको लागि वातावरण बनाईने बताउनु भयो । त्यहा रहेका साना तथा कुटिर उद्योगको विकासको लागि योजना बनाएर अगाडि बढाउने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै उहाँले मणिमुकन्द सेन पार्कलाई व्यवस्थित र विस्तार गर्ने बताउनु भयो ।
घरदैलोमा उपमेयर पदका उम्मेदवार चिनबहादुर गुरुङले संविधान र व्यवस्था रक्षाको लागि गठबन्धन गरिएको बताउँदै नेपाली जनताको रगत पसिनाबाट प्राप्त उपलब्धि रक्षाको लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । उहाँले एमालेले जित्दा गएको पाँच वर्षमा के भयो भनेर फर्केर हेर्न पनि आग्रह गर्नुभयो । उहाँले आफूहरु निर्वाचित भएपछि गरेका बाचा अक्षरश पालना गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
घरदैलो कार्यक्रममा काँग्रेसका नेताहरु महासमिति सदस्य कुमार केसी, बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष महेशमान सिंह, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका पूर्व अध्यक्ष काजिमान श्रेष्ठ लगायतका नेताहरु पनि हुनुहुन्थ्यो । उहाँहरुले मतदातालाई निश्चिन्त भएर गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।

≪ Previous Post

रुपन्देहीको तिलोत्तमा पुगेर कांग्रेस महामन्त्री शर्माले भने : तालमेल ईमान्दारी पूर्वक पालना गर्नुस्

Next Post ≫

तिलोत्तमाका उद्योगी व्यवसायी भन्छन्–‘यसपाली गठबन्धनलाई जिताउँछौँ ’

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क