Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भैरहवामा गठबन्धनको संकल्प : स्वास्थ्य मानिस, हरियाली शहर
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भैरहवामा गठबन्धनको संकल्प : स्वास्थ्य मानिस, हरियाली शहर

संसारपोस्ट संवाददाता · २२ बैशाख २०७९ · 0
भैरहवामा गठबन्धनको संकल्प : स्वास्थ्य मानिस, हरियाली शहर
80
SHARES
ShareTweet

भैरहवा, २२ बैशाख । सत्ता साझेदार गठबन्धनका तर्फबाट स्थानीयतह निर्वाचनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाप्रमुख र उपप्रमुखका उम्मेदवारले बिहीबार संकल्पपत्र सार्वजनिक गरेका छन् । अन्य दलले पूरा गर्न असम्भव विभिन्न घोषणा सार्वजनिक गरेको जनाउँदैं सिद्धार्थनगर नगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार इस्तियाक अहमद खान र माओवादीबाट उपप्रमुख पदकी उम्मेदवार कमला थापाले कार्यकालमा पूरा गर्न सकिने वाचा समेटेर संकल्प पत्र जारी गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
‘नगरको उन्नतीकालागि आवश्यक र पूरा गर्न सकिने कार्यक्रममात्रै सार्वजनिक गरेकाहौं,’ प्रमुख पदका प्रत्यासी खानले भने– ‘हामी असम्भव कुरा गर्दैनौं ।’ दुबै उम्मेदवारले ‘भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलता, हाम्रो सिद्धार्थनगर नगरपालिका’ नारा तय गरेका छन् । आफ्नो कार्यकालमा भ्रष्टाचार शून्य बनाउने प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यसकालागि प्रशासनिक कार्यलाई चुस्त पारिने उनीहरुले बताए । नगरका सबै कार्यालयलाई सेवाग्राही मैत्री बनाउने उनीहरुको जोड छ । ‘निर्वाचन पूरा भएको ६ महिना भित्र नगरपालिकाको दीर्घकालीन योजना तर्जुमा गरेर काम थाल्नेछौं,’ संकल्पपत्र सार्वजनिक गर्दै खानले भने –‘नगरपालिका तथा प्रत्येक वडामा गुनासो तथा उजुरी पेटिका राखिने छ ।’
नगरपालिकाको शिक्षा स्तरोन्नतीका लागि विशेष योजना तय गर्ने उपप्रमुख पदकी प्रत्यासी कमला थापाले बताइन् । ‘नगर भित्रका सामुदायिक विद्यालयमा पठन–पाठन गर्ने विद्यार्थीका लागि कक्षा १२ सम्म निशुल्क शिक्षाको नीति अवलम्बन गरिनेछ,’उनले भनिन, ‘अध्ययनसँगै स्व– आर्जनका लागि प्राविधिक क्याम्पस सञ्चालन गरिनेछ ।’ उच्च शिक्षा अध्ययनका लागि गरिब, पिछडिएका वर्ग तथा अल्पसंख्यक समूहका छात्र–छात्रालाई छात्रवृत्तिको व्यवस्था गरिने उनले बताइन । ‘विद्यालयमा छात्रालाई निशुल्क सेनेटरी प्याड वितरण गरिनेछ,’उनले भनिन,‘वेरोजगार तथा युवाका लागि सीपमूलक तालिम केन्द्र स्थापना गरिनेछ ।’
नगर प्रमुख पदका प्रत्यासी खानले मदरसा शिक्षालाई समायनुकुल बनाइने बताए । ‘सामुदायिक विद्यालयमा एक जना नर्सको व्यवस्था मिलाइने छ,’उनले भने, ‘अपाङ्गता भएका विद्यार्थीका लागि विशेष प्रोत्साहन भत्ता व्यवस्था गरिने छ ।’ सिद्धार्थनगर–२, मा रहेको बालबहिरा विद्यालयलाई विशेष योजनाकासाथ अगाडि बढाउने लक्ष्य रहेको उनले बताए । नगर क्षेत्रमा कक्षा १० सम्म पढेका विद्यार्थीलाई रोजगारको लागि वायरिङ्ग, प्लम्बिङ्ग, कुक, वेटर, कटाई, सिलाई बुनाई आदि सिपमूलक तालिमको लागि व्यवस्थ गरिने छ ।
नागरिकलाई तन्दुुरुस्त राख्न अर्गानिक तरकारी उत्पादनमा जोड दिने । त्यसकालागि नगरपालिका भित्रका खाली जमिनमा विषादी र रासायनिक मलप्रयोग नगरी तरकारी उत्पादनलाई बढवा दिइने छ । यस्ता खेतीमा नीजि क्षेत्रले लगानी गर्ने र विपन्नले उत्पादन गर्ने नीति ल्याउने संकल्प पत्रमा उल्लेख छ ।
‘भिम अस्पताललाई पाँचवर्षभित्र सुविधा सम्पन्न बनाएर शिक्षण अस्पतालमा परिणत गर्न पहलगर्ने छौं,’उनले भने, ‘प्रत्येक वडामा रहेका स्वास्थ्यचौकीको स्तर वृद्धि गरिने छ ।’ हरेक वडामा अपाङ्ग तथा जेष्ठ नागरिकलाई घर घरमै गई निःशुल्क स्वास्थ्य सेवा प्रदानगरिने उनले बताए । ‘नगरका सबै नागरिकलाई अनिवार्य स्वास्थ्यवीमा गर्न प्रेरित गरिनेछ,’उनले भने, ‘ क्यान्सर, मृगौला तथा दीर्घ रोग लागेका पीडित स्थानिय नागरिकलाई विशेष व्यवस्था गरिनेछ ।’
गठबन्धनले कृषि तथा पशुपालन लाई जोड दिएको छ । कृषकलाई आवश्यकताअनुसार बिऊ, मल, औषधी समयमा नै सर्वसुलभ रुपमा उचित मूल्यमा उपलब्ध गराउने नीति सार्वजनिक गरेको छ ।
वातावरण तथा विपद व्यस्थापनका लागि नगरक्षेत्रमा रहेको सार्वजनिक स्थलहरुमा वृक्षारोपण गरिनेछ र प्रत्येक सडक किनारमा हरियाली कायमहुने गरी विरुवाहरु लगाइने उल्लेख छ । ‘सिद्धार्थनगरलाई सधंै हराभरा राख्ने सरकारी, सार्वजनिक तथा नीजि भवनको छेउछाउमा विरुवा लगाउने व्यवस्था गरिने छ । सो कार्यको लागि आवश्यक पर्ने विरुवा निःशुल्क उपलब्ध गराइने छ,’गठबन्धनको संकल्प पत्रमा उल्लेख छ,‘ नीजि क्षेत्रबाट गरिने (वातावरण तथा विपद व्यवस्थापन) वृक्षारेपण हरियाली आदिको लागि उचित सम्मान तथा पुरस्कारको व्यवस्था गरिनेछ ।’
यसका साथै नगरमा योगदान पुर्याएका विशिष्ट व्यक्तिहरुलाई पुरस्कार सहित सम्मान पत्र नगद पदक बाट विभुषीत गर्ने, स्थानिय संस्कृतिलाई चिनाउने सास्कृतिक कार्यक्रमको लागि हलको व्यवस्था गरि दैनिक रुपमा फरक फरक कार्यक्रम संचालन गर्ने व्यवस्था मिलाउने, खाना महोत्सव, मेला प्रदर्शनी, जस्ता नगर स्तरीय कार्यक्रमहरुलाई प्रोत्साहित गर्ने, नगर सुरक्षाका लागि प्राविधिको प्रयोग गरि सुरक्षाको प्रबन्ध मिलाउने लगायतकाम गरिने उल्लेख छ ।
नेपाली कांग्रेस सिद्धार्थनगरका सभापति कोशिष खड्काको सभापत्विमा भएको कार्यक्रमको संंचालन माओबादी केन्द्रका नगर अध्यक्ष नारायण हमालले गरेका थिए ।

≪ Previous Post

आर्थिक, भौतिक र मानविय दृष्टिले बुटवल मुलुककै केन्द्र बन्ने :विष्णु पौडेल

Next Post ≫

रुपन्देहीको तिलोत्तमा पुगेर कांग्रेस महामन्त्री शर्माले भने : तालमेल ईमान्दारी पूर्वक पालना गर्नुस्

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क