Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ विपन्न परिवारका छोरीको बिहेमा लाग्ने खर्च गाउँपालिकाले ब्यहोर्छ : थानेश्वर घिमिरे
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विपन्न परिवारका छोरीको बिहेमा लाग्ने खर्च गाउँपालिकाले ब्यहोर्छ : थानेश्वर घिमिरे

संसारपोस्ट संवाददाता · १८ बैशाख २०७९ · 0
विपन्न परिवारका छोरीको बिहेमा लाग्ने खर्च गाउँपालिकाले ब्यहोर्छ : थानेश्वर घिमिरे
110
SHARES
ShareTweet

सियारी, १८ बैशाख । रुपन्देहीको सियारी गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार थानेश्वर घिमिरेले आफुले अध्यक्ष जितेपछि गाउँपालिकामा रहेका बिपन्न बर्गको लागि सिधै बैंक खातामा रकम पठाउने घोषणा गर्नुभएको छ ।
गाउँपालिकामा रहेका बिपन्न परिवारको लागि ल्याईएका राहातका सामाग्रीहरु कुहिएर फालिरहेको बताउँदै आफुले जितेपछि यो समस्या समाधान हुने बताउनुभयो । बिपन्न बर्गका ब्यक्तिलाई राहतको व्यवस्था गर्दै लक्षित समुदायको लागि खाद्यान्न उपलब्ध गराउने बताउनुभयो । उहांले सबै सातवटै वडाका लक्षित ब्यक्तिहरुको पहिचान गरी वडाहरु तथा सर्वदलिय बैठकबसेर अनुमोदन गरेर उनीहरुकै बैंक खातामा सोझै वार्षिक १५ हजार रकम प्रदान गर्ने बताउनुभयो ।
बाटो निर्माणका क्रममा ४ महिनामानै कालोपत्रे भत्केको बताउँदै उहांले यही कामलाई स्तरीय बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहांले सियारीलाई भ्रष्टाचारमुक्त बनाउने घोषणा गर्नुभयो ।
पालिका भित्रका वडामा भएको घरदैलो कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेदवार घिमिरेले शियारी गाउँपालिकामा निशुल्क रगतको व्यवस्था गर्दै रगतको अभाव हुन नदिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहांले सियारीमा रगतको अभावको कारणले ज्यान गईरहेको अवस्था रहेको बताउँदै रेडक्रसले लिने रकम पालिकाबाट व्यवस्थापन गरेर निशुल्क रगतको व्यवस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
नेपाली कांग्रेस रुपन्देहीका उपसभापति समेत रहेका घिमिरेले गाउँपालिकामा धेरै बिपन्न समुदाय भएकोले विपन्न परिवारका छोरीको बिहेमा लाग्ने खर्च गाउँपालिकाले बेहोर्ने बताउनुभयो । उहांले आफुले जितेमा अभिभावकको कुनैपनि खर्च नगराई उत्कृष्ठ बिबाह गरिदिने घोषणा समेत गर्नुभयो ।
सियारी गाउँपालिकामा नेपाली कांग्रेसबाट उपाध्यक्ष पदकी उम्मेदवार तारा थारुले आफुले जितेमा महिलाहरुमा रहेको बेरोजगारीता हटाउने बताउनु भयो । आफुपनि एक बिपन्न परिवारबाट हुर्किएको बताउँदै सियारीमा अहिले महिलाहरुको अवस्था निकै कमजोर रहेको बताउँदै आफुले महिलाहरुको स्तरउन्नती गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । घरदैलोमा आफ्ना प्रतिबद्धताहरुको बारेमा बताउँदै आफु महिला भएकोले महिलाको क्षेत्रमा निकै परिवर्तन ल्याउने बताउनुभयो । उहांले आफुले जितेपछि पालिकाका बासिन्दाको लागि निशुल्क स्वास्थ्य र शिक्षाको ब्यवस्थापन गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

≪ Previous Post

महिलाले उद्यम गर्न चाहेमा दर्ता शुल्कमा छुट : पुन

Next Post ≫

मंगलापुर–कान्छीबजार सडक स्तरोन्नती प्राथमिकतामा : खाँण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क