Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मेयर उम्मेदवार पाण्डेयको प्रतिवद्धता : जुन अवस्थामा नगरपालिका छिर्छु, त्यही अवस्थामा निस्कनेछु
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मेयर उम्मेदवार पाण्डेयको प्रतिवद्धता : जुन अवस्थामा नगरपालिका छिर्छु, त्यही अवस्थामा निस्कनेछु

संसारपोस्ट संवाददाता · १७ बैशाख २०७९ · 0
मेयर उम्मेदवार पाण्डेयको प्रतिवद्धता : जुन अवस्थामा नगरपालिका छिर्छु, त्यही अवस्थामा निस्कनेछु
120
SHARES
ShareTweet

बुटवल, १७ बैशाख । सत्ता गठबन्धनको तर्फबाट बुटवल उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार खेलराज पाण्डेले मेयर पदमा निर्वाचित भएमा अहिले जुन अवस्था छु, अवधि सकिएर बाहिरिदा पनि त्यही अवस्थामा निस्किने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
उम्मेदवार पाण्डेयले अहिले पनि आफ्नो घर नभएको र मेयर भएपछि पनि आफू घरघडेरी जोड्ने भन्दा पनि जनताको सेवामा खटिने बताउनु भएको हो । ‘मेरो अहिले पनि बुटवलमा घर छैन ।’ उहाँले भन्नुभयो–‘यदि मेयर भएँभने त्यसतिबेला पनि घरघडेरी जोड्ने छैन र अवधि सकिएपछि अहिलेकै अवस्थामा त्यहाँबाट निस्कनेछु ।’
बुटवल उपमहानगरपालिका वडा नं. ३ मा गठबन्धनको संयुक्त कार्यालयको उदघाटन कार्यक्रममा बोल्दै उहाँले यस अगाडि एमालेले सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिन्छौ भनेर भुक्याएर चुनाव जितेपनि उनीहरुका समस्या जस्ताको त्यस्तै रहेको बताउनु भयो । उहाँले अब आफूले चुनाव जितेमा बुटवलका २१ हजार घरपरिवारलाई लालपुर्जा वितरणको प्रवन्ध मिलाउने बताउनु भयो । त्यस्तै बुटवलको ज्योतिनगर पहिरो व्यवस्थापनको लागि सबै दलको साझा प्रतिवद्धता आवश्यक रहेको भनाई राख्नुभयो । उहाँले पूर्वसांसद स्वर्गीय सूर्यप्रसाद प्रधान बुटवलको मेयर हुँदा नयाँ बसपार्क, आम्दा अस्पताल, फिफा टेक्निकल सेन्टर, भारतीय भूपू सैनिकका लागि बुटवलमा पेन्सन क्याम्प, औद्योगिक प्रदर्शनी तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको लागि बुटवल मण्डपको जग्गा प्राप्त भएको स्मरण गर्दै बुटवल उपमहानगरपालिका घोषणा, यसको क्षेत्र विस्तार र मोतिपुर लगायतका क्षेत्रलाई समेत समेटेर उपमहानगरपालिका घोषणा पनि नेपाली काँग्रेसकै नेतृत्वमा भएको बताउनु भयो । उहाँले त्यसपछि पटकपटक एमालेका नेता मेयर हुँदा के काम गरे ? प्रश्न गर्नुभयो ।
त्यस्तै गठबन्धनबाट उपमेयरका उम्मेदवार चिनबहादुर गुरुङले अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेले सुखी नगर, खुसी नगरबासी नारा लिएको भएपनि उसको नेतृत्वमा अहिले त्यसको ठिक उल्टो भएको दावी गर्नुभयो । एमालेले जनतालाई झुक्याउने र पार्टीका सिमित नेताहरु अनुकुल काम गरिरहेकाले मतदाताले त्यसको हिसाव किताव खोजिरहेको बताउनु भयो । प्रतिगमनको विरुद्धमा लोकतन्त्र र संविधानको रक्षाका लागि ५ दलीय गठबन्धन भएको बताउँदै उहाँले यो गठबन्धनलाई देशी विदेशी कुनैपनि शक्तिले भत्काउन नसक्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष प्रकाश राना, प्रदेश सदस्य रामबहादुर कार्की लगायतले नगरको विकास र यहाँका जनताको समृद्धिको लागि गठबन्धनका उम्मेदवारलाई भोट दिन आग्रह गर्नुभएको थियो ।
नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहितको सत्ता गठबन्धनबाट बुटवलको मेयरमा काँग्रेस नेता खेलराज पाण्डेय, उपमेयरमा नेकपा एकिकृत समाजवादीका चिनबहादुर गुरुङ सहित वडा नं. ३ मा अध्यक्षमा विष्णु ढकाल तथा सदस्यहरुमा शिला पौडेल, शान्ति विक, अमृत खड्का र हरिनारायण मिश्रको उम्मेदवारी रहेको छ ।

≪ Previous Post

तिलोत्तमामा कांग्रेसको चुनावी अभियान तिब्र

Next Post ≫

महिलाले उद्यम गर्न चाहेमा दर्ता शुल्कमा छुट : पुन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क