Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमामा कांग्रेसको चुनावी अभियान तिब्र
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

तिलोत्तमामा कांग्रेसको चुनावी अभियान तिब्र

संसारपोस्ट संवाददाता · १७ बैशाख २०७९ · 0
तिलोत्तमामा कांग्रेसको चुनावी अभियान तिब्र
50
SHARES
ShareTweet

तिलोत्तमालाई भ्रष्टाचार मुक्त बनाउने मेयरका उम्मेदवार खाणको प्रतिवद्धता
तिलोत्तमा, १७ बैशाख । नेपाली कांग्रेस तिलोत्तमाले चुनावी अभियानलाइ तीब्रता दिएको छ । चुनावी अभियानकै क्रममा शनिवार तिलोत्तमा वडा न ५ को चुनावी प्रचार–प्रसार तथा सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ ।
चुनावी प्रचार–प्रसार तथा सम्पर्क कार्यालयको उद्घाटन गर्दै कांग्रेसबाट मेयरका प्रत्यासी रामकृष्ण खाँणले तिलोत्तमालाई भ्रष्टाचार मुक्त तिलोत्तमा बनाउने प्रतिबद्धता जनाउनुभयो ।
तिलोत्तमा प्रशस्त सम्भावना बोकेको नगरपालिका भएकोले पनि शुद्ध मन र प्रष्ट विचारसहित काम गरेमा नगरपालिका मात्र नभई नगरवासी पनि उत्कृष्ट हुने उहांले बताउनुभयो । उहाँले यसअघि नगरमा एमाले नेतृत्वले नीतिगत भ्रष्टाचार गरेको भन्दै अब कांग्रेसले जितेपछि नगरलाइ सुशासनमा नम्बर वान बनाउने र बेरुजु शुन्य बनाउने काम आफूहरुको नेतृत्वले गर्ने बताउनुभयो ।
कार्यक्रममा गठबन्धनको तर्फबाट उपमेयरका उमेदवार हेमन्त पाण्डेले प्रतिबद्धता पत्रमा समेटिएका बिषयहरुलाई पूरा गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा न ५ ले छुट्टै प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेको छ । उक्त पत्रमा सन्तुलित र पक्षपात रहित विकास निर्माणमा जोड दिईएको छ । प्रत्येक घरमा खपत हुने खानेपानीको न्युनतम रकममा अनुदानको ब्यवस्था गरि व्यवस्थापन गर्ने जनाईएको छ ।
प्रतिबद्धता पत्रमा नयाँमिल मणिग्रामदेखि शंकरपुरसम्मको तुल्सीपुर कुलो चौडा गर्ने र पक्की बनाउने तथा मणिग्राम बजार क्षेत्रभित्रका सबै सडक तथा नालिहरुको दीर्घकालीन सोंच राखि पक्की तथा स्तरउन्नति गर्ने कुरामा जोड दिएको छ ।
सो अवसरमा माओबादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जीसी, माओवादकै नगर अध्यक्ष बेलप्रसाद शर्मा, कांग्रेस नगर सभापति हरिलाल पाण्डे, नेता रोमणिप्रसाद पाठक,मिनप्रसाद अधिकारी लगायतले गठबन्धनका उम्मेदवारहरुलाई विजयी वनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा न ५ वडाध्यक्षका उमेदवार रमेश डुम्रे, सदस्यहरु धर्मादेवि न्यौपाने, प्रमिला सुनार, हरि पन्त, हिरा गिरि लगायतले समग्र वडाको विकासका लागि आफुहरुलाई मतदान गर्न आग्रह गर्नुभयो । क्षेत्रिय सभापति श्यामसुन्दर तिवारीको अध्यक्षतामा भएको कार्यक्रम को सञ्चालन नेपाली कांग्रेस वडा न ५ का सचिव बाबुराम भण्डारीले गर्नुभएको थियोे ।
नेपाली कांग्रेसले शनिवार नै तिलोत्तमा वडा न ४ ,५ र ६ वडामा मेयर उपमेयर लगायतका वडाका उम्मेदवारहरुले घरदैलो गरेको सचिवालय समिति सदस्य माधवलाल देबकोटाले जानकारी दिनुभयोे ।

≪ Previous Post

तिलोत्तमा वडा न ३ मा प्रतिबद्धता पत्र सार्बजनिक

Next Post ≫

मेयर उम्मेदवार पाण्डेयको प्रतिवद्धता : जुन अवस्थामा नगरपालिका छिर्छु, त्यही अवस्थामा निस्कनेछु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क