Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा वडा न ३ मा प्रतिबद्धता पत्र सार्बजनिक
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

तिलोत्तमा वडा न ३ मा प्रतिबद्धता पत्र सार्बजनिक

संसारपोस्ट संवाददाता · १७ बैशाख २०७९ · 0
तिलोत्तमा वडा न ३ मा प्रतिबद्धता पत्र सार्बजनिक
80
SHARES
ShareTweet

तिलोत्तमा, १७ बैशाख । नेपाली कांग्रेस तिलोत्तमा वडा न ३ ले प्रतिबद्धता पत्र सार्बजनिक गरेको छ ।
वडा अध्यक्षका उम्मेदवार कल्याण पौडेलले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा सुशासन, स्वास्थ्य, सरसफाइ, शिक्षा, सामाजिक सुरक्षा, भौतिक पुर्वाधार, कृषि लगायतका एजेन्डा अगाडी सारिएको छ ।
प्रतिवद्धता पत्रमा स्वास्थ्य चौकीको स्तरोन्नती, निशुल्क स्वास्थ्य जांच, ६५ वर्ष माथीका जेष्ठ नागरिकलाई ६ ६ महिनामा घर घरमै स्वास्थ्य जांच, निशुल्क औषधी, सुत्केरी महिलालाई ३ महिना सम्म मासिक एक हजारका दरले सुत्केरी भत्ता, घुम्ती स्वास्थ्य शिविर, विपन्न परिवारलाई पानीको धारा जडान र शौचालय निर्माणका लागि आर्थिक सहयोग गरिने उल्लेख छ ।
हाम्रो सगरमाथा आधारभूत विद्यालयको स्तरोन्नती, अंग्रेजी माध्यमबाट पठन पाठन, सिमानगर खेलकूद मैदानको स्तरोन्नती, खेलाडीहरुलाई प्राविधिक तालिम, खेलकूद सामाग्रीको ब्यवस्था, सबै टोलका सडक विस्तार, कालोपत्रे, सडक तथा सोलार वत्ती जडान, ६० प्रतिशत अनुदानमा विद्युतीय चुलो वितरण लगायतका कार्यक्रम प्रतिवद्धता पत्रमा समेटिएको वडा सभापति केशरी पाण्डेले वताउनु भयो ।
ढल तथा फोहोरको ब्यवस्थापन, आवशयक ठाउंमा सार्वजनिक शौचालय निर्माण, सडक चोकमा सिसि टिभी क्यामेरा जडान, पार्किङ्गको ब्यवस्था सहित हाट वजार संचालन, करेशा वारी र कौशी खेतीको प्रवद्र्धनका लागि निशुल्क तालिम र विउ विजनको ब्यवस्था, वेरोजगार युवाहरुलाई स्वरोजगार र रोजगारलाई पुरस्कार र प्रोत्साहन गरिने, वडा तथा टोल वासीले छनोट गरेका योजनाहरुलाई उच्च प्राथमिक्तामा राखेर काम गर्ने वडा अध्यक्षका उम्मेदवार कल्याण पौडेलले वताउनु भयो । प्रतिवद्धता पत्रमा उल्लेख गरिएको सबै कार्यक्रमहरु क्रमश ५ वर्ष भित्र पुरा गर्ने पनि पौडेलले प्रतिवद्धता जनाउनु भयो ।
वडा न ३ मा पौडेलको नेतृत्वमा महिला सदस्यमा चुडाकुमारी बिष्ट, दलित महिला सदस्यमा रेखा सार्की, खुला सदस्यमा बिष्णुबहादुर थापा र नारायणबहादुर थापा क्षेत्री उम्मेदवार बनेका छन् ।

 

≪ Previous Post

व्यवस्थित फोहोर प्रशोधन केन्द्र बनाउन पहल गर्छु : पुन

Next Post ≫

तिलोत्तमामा कांग्रेसको चुनावी अभियान तिब्र

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क