Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आचारसंहिता उल्लंघन गर्दै पार्टीको चुनावी प्रचारमा तिलोत्तमाका मेयर घिमिरे
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आचारसंहिता उल्लंघन गर्दै पार्टीको चुनावी प्रचारमा तिलोत्तमाका मेयर घिमिरे

संसारपोस्ट संवाददाता · १५ बैशाख २०७९ · 0
आचारसंहिता उल्लंघन गर्दै पार्टीको चुनावी प्रचारमा तिलोत्तमाका मेयर घिमिरे
90
SHARES
ShareTweet

तिलोत्तमा, १५ बैसाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले निर्वाचन आचारसंहिता उल्लंघन गरी पार्टीको चुनावी कार्यक्रमहरुमा सहभागी हुने गरेका छन् । नगर प्रमुख पदमा बहाल घिमिरेले नेकपा एमालेका चुनाव प्रचारका कार्यक्रममा सहभागी हुंदै आचारसंहिता उल्लंघन गरेका हुन् । घिमिरे बुधबार एमालेका उम्मेदवारहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सहभागी भए ।
उक्त कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रदेश अध्यक्ष लिला गिरी लगायतका नेताहरुले नगरपाकिलाका उम्मेदवारलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा मेयर बासुदेव घिमिरे पनि बोलेका थिए । मेयर घिमिरेले बिहीबार वडा नम्बर ४ को एमालेको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरेका छन् ।
निर्वाचन आयोगको आचारसंहिताको बुँदा ५ क मो कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ ।
निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्या भण्डारीका अनुसार वहालवाला जनप्रतिनिधि पार्टीको चुनाब प्रचारमा खटिन पाउँदैनन् । ‘वहालवाला प्रमुख–उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षदेखि कार्यपालिका सदस्यसम्मले पार्टीका कार्यक्रममा सहभागी हुन मिल्दैन’–भण्डारीले भने ।
घिमिरे तिलोत्तमा नगरपालिकाको प्रमुख पदमा वहाल रहेपनि लगातार पार्टीको कार्यक्रममा सहभागि हुन थालेपछि उनको आलोचना हुन थालेको छ ।
तिलोत्तमा नगरपालिकाको फेसबुक पेजबाट एमाले उम्मेदवारको पक्षमा प्रचार !
तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्ने सामाजिक सञ्जाल फेसबुक पेजमा पनि एमाले उम्मेदवारको पक्षमा प्रचार गरिएको समाचार सामाग्री पोष्ट गरिएको छ । त्यसको आलोचना भएपछि अहिले भने नगरपालिकाले त्यसलाई हटाएको छ ।
नेपाली कांग्रेस नगर सभापति हरिलाल पाण्डेले आचार संहिता उल्लंघन गर्नेमाथि कारवाही हुनुपर्ने माग गरेका छन् ।

≪ Previous Post

रुपन्देहीको तिलोत्तमामा गठबन्धनले थाल्यो घरदैलो

Next Post ≫

तीन वर्षभित्र सबै घर परिवारलाई स्वच्छ खानेपानी : एमाले

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क