Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कावासोतीमा जिल्ला अदालतको गाडीमा आगजनी
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कावासोतीमा जिल्ला अदालतको गाडीमा आगजनी

संसारपोस्ट संवाददाता · १० श्रावण २०७६ · 0
कावासोतीमा जिल्ला अदालतको गाडीमा आगजनी
50
SHARES
ShareTweet


रामकुमार श्रेष्ठ
नवलपरासी, १० साउन । पूर्वी नवलपरासीको कावासोतीमा विहिबारराति एउटा सरकारी गाडीमा आगजनी भएको छ । गाडीमा आगो लाग्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको भए पनि आगो विप्लव नेतृतवको माओवादीका कार्यकर्ताहरुले लगाइदिएको हुन सक्ने आशंका गरिएको छ ।
नवलपुर जिल्ला अदालतका श्रेष्तेदार सारदादत्त बडु चढ्ने बा २ झ ३५०२ नम्बरको गोडीमा विहिबारराति आगजनी भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक एवम सुचना अधिकारी अर्जुन रानाभाटका अनुसार गाडीको मुनी मट्टितेलको गन्ध आएको र बोराका टुक्रा समेत फेला परेकोले गाडीमा कसैले आगो लगाइदिएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
कावासोती ८ थकाली चोक निवासी अर्जुनकुमार श्रेष्ठको घरमा भाडामा बस्दै आएका बडु चढ्ने सो गाडी श्रेष्ठको घर साइडमा फार्किङ गरि राखेको थियो ।
राति सोही घरमा भाडामा बस्ने झपटबहादुर कुवर लगायत ४ जना मानिस काठमाडौं जान निस्कँदा एक्कासी आगो बलिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । राति नै प्रहरी, स्थानीय र दकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीमा परी गाडीको अघिल्लो भाग र इन्जिन जलेर नष्ट भएको छ । विप्वल समूहले केही दिन अघि सरकारी गाडी चल्न नदिने घोषणा गरेकाले सोही समूहले आगजनी गरेको हुनसक्ने अनुमान गरिएको छ । तर अहिले सम्म यस बिषयमा केही खेलुको छैन ।

≪ Previous Post

आजको राशिफल

Next Post ≫

मनसुनपछिको विपदबाट १११ जनाको मृत्यु, ४० बेपत्ता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क