Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सरकारको गलत क्रियाकलापले कार्यकर्ता निरास हुदै काँग्रेसमा प्रवेश
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

सरकारको गलत क्रियाकलापले कार्यकर्ता निरास हुदै काँग्रेसमा प्रवेश

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७७ · 0
सरकारको गलत क्रियाकलापले कार्यकर्ता निरास हुदै काँग्रेसमा प्रवेश
80
SHARES
ShareTweet

बुटवल ४ असौज
रुपन्देही क्षेत्र न ५ मा नेपाली कांग्रेस प्रवेश गर्नेको लर्को लाग्न थालेको छ । बर्तमान नेकपा सरकारले गरेका गतिविधिबाट असन्तुष्टि भएर दलका नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गर्न थालेका छन ।
आईतबार पुर्व एमाले गजेडी गाउ कमिटिका सचिब यम बहादुर कार्की , गिरि बहादुर पुन सहित नेकपाका २६ जना अगुवा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन । यस्तै साविक गजेडीका माओबादी जन सरकार प्रमुख कमल पौडेल प्रवेश, पुर्व समाजबादी फोरमका स्थानीय नेताहरु समेत कांग्रेसमा आईतबार नै प्रवेश गरेका छन ।
वर्तमान नेकपाको सरकारले जनता विरोधि काम गर्दै जाँदा लोकतान्त्रीक पार्टी नेपाली कांग्रेसलाई साथ दिनको लागि नेपाली कांग्रेसमा प्रवेश गरेको नव प्रवेश गरेकाहरुको भनाई रहेको छ ।
पार्टी प्रवेश कार्यक्रम तिर्थ कुमारी थारुको सभापतित्वमा आयोजना गरिएको हो । सो अवसरमा कांग्रेसका जिल्ला नेताहरुले एक पछि अर्को गलत क्रियाकलापका कारण वर्तमान सत्तारुढ दलका कार्यकर्ताहरु अस्तित्व रक्षाका लागि कांग्रेसमा आएको बताउनु भएको छ । कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही उपसभापति फणिन्द्र प्रसाद शर्माले क्षेत्र न ५ मा विकासप्रेमी नेता भरत कुमार शाहको कार्यशैली र कांग्रेसका क्रियाशिलताले पार्टी प्रवेशको लहर चलेको बताउनु भयो ।
प्रदेश सभा सदस्य फकरुद्धिन खा ले जनताले कम्युनिष्टहरुको भ्रम राम्रोसंग बुझेकोले परानै पार्टी कांग्रेसमा आउनेक्रम वढेको बताउनु भयो । सो क्षेत्रको प्रदेश सभाका उम्मेद्वार युवा नेता विष्णु पोखरेलले जनताललाई विपदमा पनि नहेर्न भ्रष्ट सरकारका विरुद्ध अभियान चलाउन सकै जनतालाई कांग्रेसमा गोलवद्ध गर्नुको विकल्प नभएको बताउनु भयो । सो अवसरमा नेपाली कांग्रेस क्षेत्रीय सभापति वसी उल्लाह मुसलमान , प्रदेश क्षेत्रीय सभापति राम बहादुर थापा , जेष्ठ राजनीतिक सदस्य बासुदेव पौडेल लगायतले धारणा राख्नु भएको थियो ।
कांग्रेसमा नव प्रवेशी पुन र कार्कीले नेकपा विरुद्ध भित्रभित्रै जनतामा निकै ठुलो विद्रोहको अवस्था रहेको बताउनु भयो । यस अघि पनि सैनामैना नगरपालिका , कञ्चन र गैडहवा गाउंपालिकाबाट नेकपाका थुप्रै स्थानीय नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

≪ Previous Post

लकडाउनका कारण वन्द रहेका सार्वजनिक यातायात विधिवत रुपमा असौज ५देखि सञ्चालन हुने

Next Post ≫

संविधान दिवस र कार्यान्वयनको अवस्था

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क